सुरक्षा/अपराध

विराटनगरमा १ करोड ९ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ

विराटनगरमा १ करोड ९ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ

मोरङ। सशस्त्र प्रहरी बल बिराटनगरले १ करोड ९ लाख ७९ हजार ५ सय ३० भारतीय रुपैयाँ सहित २ जनालाई पक्राउ गरेको छ। विराटनगरको एकीकृत भन्सार जाँच चौकीमा भारतबाट नेपाल प्रवेश गरेको भारतीय ट्रकमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले उक्त रकम बरामद गरेको हो । WB73E 7635 नम्बरको ट्रक चेक जाँच गर्ने क्रममा उक्त रकम बरामद भएको हो। पक्राउ पर्नेमा ट्रक चालक रवि कुमार र सहचालक पप्पु कुमार रहेका छन्। दुवै जना भारतीय नागारिक हुन्। नेपालमा उनीहरुले पैसा कसको लागी ल्याएका थिए भन्ने खुल्न सकेको छैन। यस बिषयमा थप अनुसन्धान भईरहेको सशस्त्र प्रहरीले जनाएको छ।
Read More
किशोरीमाथि सामूहिक बलात्कार: दुई पक्राउ, ७ जना फरार

किशोरीमाथि सामूहिक बलात्कार: दुई पक्राउ, ७ जना फरार

इटहरी । सुनसरीको इटहरीमा सामुहिक बलात्कारको आरोपमा दुईजना पक्राउ परेका छन् भने आरोपित अन्य ७ जना फरार रहेका छन्। मोरङको सुन्दरहरैंचा २ कि १७ वर्षीया किशोरीको उजुरीको आधारमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो। अनुसन्धानमा बाधा पर्ने भन्दै प्रहरीले आरोपितका साथै अन्य घटना विवरण सार्वजनिक गरेको छैन। ती किशोरीलाई पुर्याइदिने भन्दै इटहरी ११ सिमरबनाका त्रिलोचन चौधरी र अमित चौधरीले सिमरबना चोक पुर्‍याएका थिए। त्यहाँ दुवैजनाले अरु ७ जनालाई पनि बोलाएको पीडित युवतीको भनाइ छ। युवतीका मामाको सालो पर्ने दुवै मुख्य आरोपित पक्राउ परेका छन्। गत वैशाख १४ गते मामाको घरमा पुजा सकेर आफ्नो घर जान भनेर हिँडेकी युवतीलाई पुर्‍याइदिने बहानामा…
Read More
६ जिल्लामा एसपीको काज सरुवा

६ जिल्लामा एसपीको काज सरुवा

काठमाडौं। प्रहरी प्रधान कार्यालयले ६ जिल्लामा एसपीको सरुवा गरेको छ । एसएसपीमा बढुवा भएपछि रिक्त पदमा काज सरुवा गरिएको हो । सुनसरीमा कमल थापा, बर्दियामा केदार रजौरे, दाङमा गणेश चन्द, नवलपरासी (पश्चिम)मा अजय केसी, बाग्लुङमा शारदा चौधरी र कैलालीमा अनुपमशमशेर जबरालाई पठाइएको प्रहरी प्रधान कार्यालय स्रोतले  जनाएको छ । सुनसरीका यज्ञविनोद पोखरेल, बर्दियाका राजेश बाँस्तोला, नवलपरासी(पश्चिम)का लालमणि आचार्य, दाङका जनक भट्टराई, बाग्लुङका नवराज भट्ट तथा कैलालीका सुदीप गिरी एसएसपीमा बढुवा भएपछि ती जिल्लामा एसपीको दरबन्दी रिक्त भएको थियो । त्यस्तै एसपीमा बढुवा भएपछि डिएसपी इन्चार्ज रहेका कार्यालयमा पनि सरुवा गर्न लागिएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.