६ जिल्लामा एसपीको काज सरुवा

काठमाडौं। प्रहरी प्रधान कार्यालयले ६ जिल्लामा एसपीको सरुवा गरेको छ । एसएसपीमा बढुवा भएपछि रिक्त पदमा काज सरुवा गरिएको हो ।

सुनसरीमा कमल थापा, बर्दियामा केदार रजौरे, दाङमा गणेश चन्द, नवलपरासी (पश्चिम)मा अजय केसी, बाग्लुङमा शारदा चौधरी र कैलालीमा अनुपमशमशेर जबरालाई पठाइएको प्रहरी प्रधान कार्यालय स्रोतले  जनाएको छ ।

सुनसरीका यज्ञविनोद पोखरेल, बर्दियाका राजेश बाँस्तोला, नवलपरासी(पश्चिम)का लालमणि आचार्य, दाङका जनक भट्टराई, बाग्लुङका नवराज भट्ट तथा कैलालीका सुदीप गिरी एसएसपीमा बढुवा भएपछि ती जिल्लामा एसपीको दरबन्दी रिक्त भएको थियो ।

त्यस्तै एसपीमा बढुवा भएपछि डिएसपी इन्चार्ज रहेका कार्यालयमा पनि सरुवा गर्न लागिएको छ ।

Facebook Comments