पारसको गाडीले ठक्कर दिंदा बाच्छाको मृत्‍यु, चालक पक्राउ

कास्की ।  पूर्व युवराज पारस शाह चढेको गाडी कास्कीको पोखरा बसपार्क नजिकै दुर्घटना भएको छ । लेकसाइडको पामेमा फ्ल्याट लिएर बसेका पारसलाई  राती एक्कासी छाती दुखेपछि गण्डकी अस्पताल जाने क्रममा  उनी सवार बा १४प २१३१ नम्बरको गाडी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनलाई चोटपटक लागेको छैन । गाडीले गाइको बाच्छालाई ठक्कर दिंदा बाच्छाको घटनास्थलमै मृत्‍यु भएको छ।प्रहरीले गाडी चालक अशोक गुरुङलाई नियन्त्रणमा लिएको छ । उनलाई पशुपंक्षी सम्बन्धी कसुरमा मुद्दा चलाइने  जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी दान वहादुर कार्कीले जानकारी दिए।

चालक गुरुङले विपरित दिशाबाट आएको ट्रकले हेडलाईट डिम नगरेका कारण दुर्घटना भएको बयान प्रहरीलाई दिएका छन् । चालक गुरुङ पारसका सहयोगी भएको र गाडीमा चालकसहित ३ जना थिए।

जसमध्ये एक जना स्वास्थ्यकर्मी नै भएको एसपी कार्कीले बताए। दुर्घटनापछि पारसका सहयोगीले अर्को गाडीमा राखेर उनलाई अस्पताल लगेका थिए। अस्पतालले शाहको स्वास्थ्य परीक्षणपछि अवस्था सामान्य रहेको भन्दै फिर्ता पठाएको थियो।

Facebook Comments