‘सीमा विवादमा चिनियाँ षड्यन्त्र’

एजेन्सी । नेपाल भारतबीच जारी सीमा विवादलाई धारचूलाका विधायक हरीश धामीले सीमा विवाद चिनियाँकाे निर्देशनमा भइरहेकाे बताएका छन्।

धामीले भने,’काली नदीको उद्गम स्थल कालापानी हो। यसैको वारी-पारी भारत र नेपाल छन्। खासमा हालैको दिनमा लिपुलेक, लिम्पियाधुरा र कालापानीमाथि नेपालले आफ्नो दाबी गरिरहेछ। यी तीनै क्षेत्र उत्तराखण्ड र धारचूला विधानसभाको हिस्सा हुन्।’

धारचूलाका कांग्रेस विधायक धामीले कालापनी विवादमा बयान दिँदै नेपाललाई सच्चिन अाग्रह गरेका छन्।  पिथौरागढ़मा मीडियासँग कुराकनीमा उनले भने, ‘कालापनी भारतको अभिन्न अंग थियो र भारतकै रहनेछ। चीनको भनाईमा आएर नेपालले भारत विरोधी बयान दिइऱहेछ, जुन सोझै गलत हो’।

धामीले नेपालमाथि आरोप लगाउँदै भने, ‘भारतले नभएर नेपालले भारतको जमीनमा अतिक्रमण गरेको छ। सीमाका मानिस आफ्ना सीमाको रक्षाको निम्ति हरेक समय तयार छन्’।

तर नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्राे जमिन भएकाे यथेष्ठ प्रमाण देखाउदै अाफ्नाे राजनीतिक नक्सा जारी गरी राजपत्रमा प्रकाशित समेत गरिसकेकाे छ। अब केहि दिनमै अन्तराष्ट्रिय समुदायमा पनि उक्त पठाउने तयारी नेपाल सरकारले गरिरहेकाे छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.