सुरक्षा/अपराध

अझै १५ दिन कर्फ्यु जस्तो लकडाउन गरौँ: जनस्वास्थ्य विज्ञ

अझै १५ दिन कर्फ्यु जस्तो लकडाउन गरौँ: जनस्वास्थ्य विज्ञ

काठमाडौँ। जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र समीरले १५ दिन कर्फ्युजस्तै गरेर त्यसपछि लकडाउन खुकुलो पार्न सुझाव दिएका छन्। सामाजिक सञ्‍जालमा अबको लकडाउन मोडालिटीबारे लेख्दै उनले देशले लामो समयसम्म लकडाउन खेप्‍न नसक्ने बताएका छन् । त्यस्तै उनले१५ दिन कर्फ्युस्तरको लकडाउन गर्ने हो भने संक्रमित जहाँ छन्, त्यहीं रहने र उक्त समयमा सरकारले परीक्षणको दायरा व्यापक बढाएर संक्रमितलाई आइसोलेसनमा राख्‍न सके संक्रमण रोक्न सकिने बताएका छन्। ‘परीक्षणबाट छुटेका घरभित्र रहँदा उनीहरू या त आफैं निको हुनेछन् वा बिरामी भएर अस्पताल जानेछन् । उनीहरूले अन्य व्यक्तिलाई संक्रमण सार्ने अवस्था कडा लकडाउनले रोक्नेछ’, उनले भनेका छन, ‘अहिले संक्रमण भएका व्यक्तिको १५ दिनपछि भाइरल लोड घट्ने…
Read More
लकडाउन सुरु भएपछि सप्तरीमा तीन बालिका बलात्कृत

लकडाउन सुरु भएपछि सप्तरीमा तीन बालिका बलात्कृत

राजविराज : लकडाउन सुरु भएदेखि सप्तरीमा अपाङ्गता भएकी समेत तीन बालिका बलात्कृत भएको उजुरी दर्ता भएको छ । सप्तरीमा बोल्न नसक्ने १२ वर्षीया बालिकालाई बलात्कार गरेको स्थानबाटै एक २० वर्षीय युवकलाई गाउँलेहरुले पक्राउ गरेका थिए । उनीविरुद्ध शुक्रबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । अग्नीसाइर कृष्णसवरण गाउँपालिका ३ मटिगढाका २० वर्षीय आशाराम रामलाई गाउँलेहरुले बिहीबार नियन्त्रणमा लिइ प्रहरी चौकी पकरीलाई बुझाए पछि पकरीले जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो । पीडित बालिकाकी आमाले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी दर्ता गरी अनुसन्धान सुरु गरेको डिएसपी तिलक भारतीले बताए । गाईबस्तु चराइरहेकी बालिकालाई बलात्कार गरिरहेको अवस्थामा गाउँलेले देखेपछि घेरा हालेर…
Read More
१७ वर्षीया किशोरीलाई अपहरण गरी बलात्कार, गाउँकै युवक पक्राउ

१७ वर्षीया किशोरीलाई अपहरण गरी बलात्कार, गाउँकै युवक पक्राउ

मोरङ, ३ जेठ । मोरङको विराटनगरमा एक १७ वर्षीया किशोरीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–४ इक्राहीमा युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले शनिबार २४ वर्षीय वीरेन गडेरीलाई पक्राउ गरेको हो । पक्राउ परेका युवक विराटनगर महानगरपालिका–५ का हुन् । गाउँकै १७ वर्षीया युवतीलाई जबरजस्ती काँधमा बोकेर खेतमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । हल्ला गरे ज्यान मार्ने धम्की दिंदै मुख समेत थुनेर बलात्कार गरेको पाइएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिएका छन्। घटनाबारे गाउँलेले जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोली घटनास्थल पुगेको थियो । खोजी गर्ने क्रममा इक्राही दिबारबाबा…
Read More
कोरोना संक्रमित भागे प्रहरीले गोली चलाउन सक्ने

कोरोना संक्रमित भागे प्रहरीले गोली चलाउन सक्ने

काठमाडौं । पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गोली समेत चलाउन सक्ने भएको छ । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले यो निर्णय गरेको हो । बैठकको निर्णय नं. ३ मा भनिएको छ, ‘अब उप्रान्त भर्ना भएका संक्रमित भाग्न नदिन सुरक्षा निकायले उच्च सतर्कता अपनाउने र भाग्न खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने र यसका लागि सुरक्षा निकायलाई गोली समेत चलाउन सक्ने अधिकारी प्रदान गर्ने ।’ बिहीबार नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई जना संक्रमित फरार भएका थिए । बैठकले स्थानीय प्रशासन ऐनअनुसार ३० वैशाखदेखि लागू गरिएको निषेधाज्ञालाई थप प्रभावकारी…
Read More
क्वारेन्टाइनबाट भाग्दाभाग्दै तीनजना पक्राउ

क्वारेन्टाइनबाट भाग्दाभाग्दै तीनजना पक्राउ

परासी : क्वारेन्टाइनबाट भाग्दाभाग्दै तीनजना समातिएका छन् । रामग्राम नगरपालिकाले आदर्श माविमा बनाएको क्वारेन्टाइनमा बसेका उनीहरू माथिल्लो तलाबाट बिहीबार सांझ भाग्ने कोशिस गरेका थिए । ग्रिल नभएको झ्यालमा तन्ना बाँधेर उनीहरू बाहिर निस्कने प्रयास गर्दा गर्दै समातिएको जिल्ला प्रहरी कार्यलयका नायब उपरीक्षक प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिए। भाग्न खोज्ने तीन दिन अघि भारतबाट आएका नगरपालिकावासी हुन् । क्वारेन्टाइनमा ४९ जना छन् ।
Read More
उपत्यका प्रवेश गर्ने नाकामा सेना परिचालन गर्ने तयारी

उपत्यका प्रवेश गर्ने नाकामा सेना परिचालन गर्ने तयारी

काठमाडौं।काठमाडौं उपत्यका भित्रिने सबै नाका कडाई गर्न नेपाली सेना परिचालन गर्न गृहकार्य थालिएको छ । कोरोना संक्रमित थपिएसँगै उपत्यकाका भित्रिने सबै नाकामा सेना परिचालन गर्ने गृहकार्य थालिएको हो । बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी तथा तथा ४ वटै सुरक्षा निकायका जिल्ला प्रमुखसहितको संयुक्त बैठक नाका कडाईका लागि सेना परिचालन गर्न क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) र उच्चस्तरीय समितिसमक्ष सिफारिससमेत गरेका छन् । २३  वैशाखमा गृहमन्त्री रामबहादुर थापाले मन्त्रिस्तरीय निर्णयबाट भारतसँग सीमा जोडिएका जिल्ला प्रशासनलाई पत्र लेखेर सीमाबाट नेपालतर्फ ५ किलोमिटर क्षेत्रभित्र सेना परिचालन गर्न निर्देशन दिएका थिए । त्यसको १  हप्तापछि उपत्यकास्थित जिल्ला प्रशासन कार्यालयले पनि राजधानी प्रवेश…
Read More
झण्डावाल गाडीसहित यी व्यक्तिलाई चाहिदैन सवारी पास (सूचीसहित)

झण्डावाल गाडीसहित यी व्यक्तिलाई चाहिदैन सवारी पास (सूचीसहित)

काठमाडौं । नेपालमा कोरोना संक्रमित बढ्दै गएपछि लकडाउनमा सरकारले थप कडाइ गरेको छ। यसअघि लिएका पास समेत खारेज गरेको छ। गृह मन्त्रालयले गरेको निर्णय अनुसार आजदेखि पुरानो पास लिएर एउटा जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएको छ। लकडाउनको समयमा विभिन्न जिल्लाले एक जिल्लाबाट अर्को जिल्लामा जानको लागि जारी गरेको पास तथा ई९पास समेत खारेज गरेको हो। अत्यावश्यक रुपमा काठमाडौं उपत्यकाबाट अर्को जिल्ला जानुपर्ने भए सम्बन्धित जिल्लाले पुग्नु पर्ने जिल्लाको प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर जारी गर्न पाउने छ। त्यस्तै बाहिरका जिल्लाबाट काठमाडौं उपत्यकाभित्र आउनु पर्ने भए गृह मन्त्रालयसँग समन्वय गरेर पास जारी गर्न सकिने छ। काठमाडौं उपत्यकाभित्र भने एउटै जिल्लाबाट…
Read More
जिल्लाका पास पनि खारेज गर्ने निर्णय

जिल्लाका पास पनि खारेज गर्ने निर्णय

काठमाडौं - गृह मन्त्रालयले जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज गर्ने निर्णय गरेको छ । गृहमा बिहीबार बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीकाअनुसार शनिबारबाट लागू हुने गरी यो निर्णय गरिएको हो। यसअघि गृहले एक जिल्लाबाट अर्को जिल्ला हिँड्ने गरी वितरण भएका सबै पास बिहीबारबाट खारेज गरिसकेको छ । सवारी पास लिएका हिँडेका व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिन थालेपछि गृहले थप कठोर बन्ने निर्णय गरेको अधिकारीहरू बताउँछन् ।
Read More
आजबाट देशभर लकडाउन पूर्ण रूपमा बनाइयाे कडा!

आजबाट देशभर लकडाउन पूर्ण रूपमा बनाइयाे कडा!

काठमाडौं । राजधानीलगायत देशभर नै कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले आज (बिहीबार) बाट लकडाउन कडा बनाएको छ । गृह मन्त्रालयको निर्णय अनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालयले यस अघि जारी गरेका सम्पूर्ण पास खारेज गर्दै आजबाट लकडाउन कडा बनाउने निर्णय गरेका छन् । दुई दिन लकडाउन खुकुलो बनाउँदा उपत्यकामा संक्रमितको संख्या ह्वात्तै बढेपछि लकडाउन अझै कडा बनाउने निर्णय भएको हो । मंगलबार एकैदिन ८३ जनामा संक्रमण देखिएपछि सरकारले आजदेखि कडा बनाउने घोषणा गरेको हो । आजबाट अत्यावाश्यक ९ वटा क्षेत्रबाहेकका व्यक्तिहरुलाई सडकमा निस्किन समेत कडाइ गरिने भएको छ । त्यस्ता व्यक्ति सवारी पास लिएर हिँडे पनि जरुरी कामको…
Read More
अस्पतालबाट भागेका अर्का संक्रमित मावलीघरबाट पक्राउ

अस्पतालबाट भागेका अर्का संक्रमित मावलीघरबाट पक्राउ

वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालको आइशोलेसन वार्डबाट भागेका दुवै संक्रमित पक्राउ परेका छन्। बुधबार अपरान्ह अस्पतालको आइसोलेसन वार्डको शौचालयबाट हाम फालेर भागेका दुई संक्रमितमध्ये एक जना बुधबार साँझ नै पक्राउ परेका थिए। अर्का संक्रमित भने बुधबार राति मावलीघरबाट पक्राउ परेका हुन्। अस्पतालको आइसोलेसन वार्डबाट भागेका वीरगन्ज १६ इनर्वाका संक्रमित जाबेद मिया, पर्साको धोबीनी गाँउपालिका ३ हरिहरपुरस्थित मावलीघरबाट बुधबार राति पक्राउ परेका हुन्। अस्पतालबाट भागेर हरिहरपुरस्थित मावली घरमा मिया पुगेपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए। मियालाइ मावलीघरबाट नियन्त्रणमा लिई एम्बुलेन्समा राखेर बुधबार राति १२ बजे वीरगन्जको नारायणी अस्पतालमा ल्याएर राखिएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्। मियाका आफन्तका अनुसार ,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.