१७ वर्षीया किशोरीलाई अपहरण गरी बलात्कार, गाउँकै युवक पक्राउ

मोरङ, ३ जेठ । मोरङको विराटनगरमा एक १७ वर्षीया किशोरीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–४ इक्राहीमा युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले शनिबार २४ वर्षीय वीरेन गडेरीलाई पक्राउ गरेको हो । पक्राउ परेका युवक विराटनगर महानगरपालिका–५ का हुन् ।

गाउँकै १७ वर्षीया युवतीलाई जबरजस्ती काँधमा बोकेर खेतमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । हल्ला गरे ज्यान मार्ने धम्की दिंदै मुख समेत थुनेर बलात्कार गरेको पाइएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिएका छन्।

घटनाबारे गाउँलेले जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोली घटनास्थल पुगेको थियो । खोजी गर्ने क्रममा इक्राही दिबारबाबा थान नजिक फेला पारेर गडेरीलाई प्रहरीले पक्राउ गरेको हो ।

ती युवकलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका साथै मुलुकी अपराध संहिता २०७४ अनुसार कारबाही अघि बढाएको प्रहरी नायब उपरीक्षक राईले बताएका छन् ।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.