काेराेनाकाे कहर: पीसीआर रिपोर्ट पोजिटिभ देखिएकाे एक सुत्केरीकाे मृत्यु

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) ले एक महिलाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरीको कोरोनाले मृत्यु भएको हो। नेपालमा कोरोनाले मृत्यु हुने उनी पहिलो हुन्।

केही दिनअघि शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी घर फर्किएपछि स्वासप्रश्वासमा समस्या आएकाले धुलिखेल अस्पतालमा उपचार भइरहेको थियो। स्वासप्रश्वासमा समस्या आएकाले उपचारको क्रममा उनको आरडीटी रिपोर्ट पोजिटिभ आएको थियो।

उनको बिहीबार राति मृत्यु भएको हो। ‘उनको सुरुमा आरडीटी पोजिटिभ आएको थियो। अहिले पीसीआर पनि पोजिटिभ आएको छ’, स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने। ति अधिकारीका अनुसार महिलाको पीसीआर रिपोर्ट मन्त्रालयले नियमित प्रेस सम्मेलनमा दिनेछ ।

नेपालमा काेरोना संक्रमितको संख्या २७६ पुगेको छ । ३६ जना भने निको भएका छन् ।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.