अझै १५ दिन कर्फ्यु जस्तो लकडाउन गरौँ: जनस्वास्थ्य विज्ञ

काठमाडौँ। जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र समीरले १५ दिन कर्फ्युजस्तै गरेर त्यसपछि लकडाउन खुकुलो पार्न सुझाव दिएका छन्।

सामाजिक सञ्‍जालमा अबको लकडाउन मोडालिटीबारे लेख्दै उनले देशले लामो समयसम्म लकडाउन खेप्‍न नसक्ने बताएका छन् ।

त्यस्तै उनले१५ दिन कर्फ्युस्तरको लकडाउन गर्ने हो भने संक्रमित जहाँ छन्, त्यहीं रहने र उक्त समयमा सरकारले परीक्षणको दायरा व्यापक बढाएर संक्रमितलाई आइसोलेसनमा राख्‍न सके संक्रमण रोक्न सकिने बताएका छन्।

‘परीक्षणबाट छुटेका घरभित्र रहँदा उनीहरू या त आफैं निको हुनेछन् वा बिरामी भएर अस्पताल जानेछन् । उनीहरूले अन्य व्यक्तिलाई संक्रमण सार्ने अवस्था कडा लकडाउनले रोक्नेछ’, उनले भनेका छन, ‘अहिले संक्रमण भएका व्यक्तिको १५ दिनपछि भाइरल लोड घट्ने भएकाले धेरैलाई सार्न सक्ने छैनन्।’

त्यस्तै घना जनसंख्या भएका क्षेत्रमा परीक्षणको संख्या दयनीय रहेको भन्दै ४० लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा ४ हजारको पनि पीसीआर परीक्षण नभएको उल्लेख गरेका छन् । ‘देशभर मास नमूना संकलनको आधारमा एक लाखजनाको पीसीआर परीक्षण भएको भए संक्रमणको अवस्था थाहा हुन्थ्यो।’

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.