क्वारेन्टाइनबाट भाग्दाभाग्दै तीनजना पक्राउ

परासी : क्वारेन्टाइनबाट भाग्दाभाग्दै तीनजना समातिएका छन् । रामग्राम नगरपालिकाले आदर्श माविमा बनाएको क्वारेन्टाइनमा बसेका उनीहरू माथिल्लो तलाबाट बिहीबार सांझ भाग्ने कोशिस गरेका थिए ।

ग्रिल नभएको झ्यालमा तन्ना बाँधेर उनीहरू बाहिर निस्कने प्रयास गर्दा गर्दै समातिएको जिल्ला प्रहरी कार्यलयका नायब उपरीक्षक प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिए। भाग्न खोज्ने तीन दिन अघि भारतबाट आएका नगरपालिकावासी हुन् । क्वारेन्टाइनमा ४९ जना छन् ।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.