आजबाट देशभर लकडाउन पूर्ण रूपमा बनाइयाे कडा!

काठमाडौं । राजधानीलगायत देशभर नै कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले आज (बिहीबार) बाट लकडाउन कडा बनाएको छ ।

गृह मन्त्रालयको निर्णय अनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालयले यस अघि जारी गरेका सम्पूर्ण पास खारेज गर्दै आजबाट लकडाउन कडा बनाउने निर्णय गरेका छन् ।

दुई दिन लकडाउन खुकुलो बनाउँदा उपत्यकामा संक्रमितको संख्या ह्वात्तै बढेपछि लकडाउन अझै कडा बनाउने निर्णय भएको हो ।

मंगलबार एकैदिन ८३ जनामा संक्रमण देखिएपछि सरकारले आजदेखि कडा बनाउने घोषणा गरेको हो ।

आजबाट अत्यावाश्यक ९ वटा क्षेत्रबाहेकका व्यक्तिहरुलाई सडकमा निस्किन समेत कडाइ गरिने भएको छ ।

त्यस्ता व्यक्ति सवारी पास लिएर हिँडे पनि जरुरी कामको विषय प्रष्टसँग नखुलेको खण्डमा र पुरानो पास लिएर सडकमा निस्किएकाहरुलाई पनि प्रहरीले सडकमै राख्ने भएको छ ।

आजबाट राष्ट्र बैंकले जारी गरेको निर्देशनअनुसार एउटा बैंकले काठमाडौं उपत्यकाको हकमा दुईवटा मात्रै शाखा चलाउन पाउने र त्यसमा कार्यरत कर्मचारीले अनिवार्य रुपमा पास लिएर मात्रै हिँड्न पाउने भएका छन् ।

सवारी पास भएकाहरु पनि आजबाट एक जिल्लाबाट अर्को जिल्ला जान नपाउने भएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लाबाहेक एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्न पूर्ण रुपमा रोकिएको गृह मन्त्रालयले जनाएको छ ।

आजबाट यी ९ वटा सवारी मात्रै सडकमा गुड्न पाउने भएका छन् ।
१. एम्बुलेन्स, दमकल, शव वाहन
२. झण्डावाल सवारी
३. कूटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग, व्यक्ति तथा संघसंस्था
४. सूचना विभागबाट जारी भएको प्रेस पास प्राप्त सञ्चारकर्मी
५. स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्सदेखि औषधी उत्पादन र विक्रीवितरणमा संलग्न व्यक्तिहरु
६ खानेपानीको मर्मत सम्भार र वितरणमा संलग्न व्यक्तिहरु
७. फोहोरमैला व्यवस्थापनमा परिचालित जनशक्ति
८ ठूला खाद्य स्टोरमा कार्यरत व्यक्तिहरु
अत्यावश्यक वस्तु तथा सेवा ढुवानी गर्ने मालवाहक सवारी साधन सञ्चालका लागि पनि पास चाहिने छैन

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.