नेपालमा काेराेना संक्रमितकाे संख्या २ सय ४६ पुग्यो

काठमाडौं । नेपालमा काेराेना भाइरस संक्रमितको संख्या २४६ पुगेको छ । थप एक जनामा कोरोना संक्रमण पुष्टि भएकपछि संक्रमितकाे संख्या २४६ पुगेको हाे।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकाेटाका अनुसार चितवनको भरतपुरमा गरिएको परीक्षणमा नवलपरासी देवचुली नगरपालिका १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आजै काठमाडौंको चन्द्रागिरीका ३२ बर्षीय पुरुष  र कपिलवस्तुकी ६ वर्षीया बालिका पनि संक्रमण पुष्टि भएको थियो । यसअघि बुधबार बेलुकी स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका अनुसार रुपन्देहीमा १२, कपिलवस्तुमा ८, पर्सामा ३ र नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.