झण्डावाल गाडीसहित यी व्यक्तिलाई चाहिदैन सवारी पास (सूचीसहित)

काठमाडौं । नेपालमा कोरोना संक्रमित बढ्दै गएपछि लकडाउनमा सरकारले थप कडाइ गरेको छ। यसअघि लिएका पास समेत खारेज गरेको छ। गृह मन्त्रालयले गरेको निर्णय अनुसार आजदेखि पुरानो पास लिएर एउटा जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएको छ।

लकडाउनको समयमा विभिन्न जिल्लाले एक जिल्लाबाट अर्को जिल्लामा जानको लागि जारी गरेको पास तथा ई९पास समेत खारेज गरेको हो। अत्यावश्यक रुपमा काठमाडौं उपत्यकाबाट अर्को जिल्ला जानुपर्ने भए सम्बन्धित जिल्लाले पुग्नु पर्ने जिल्लाको प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर जारी गर्न पाउने छ। त्यस्तै बाहिरका जिल्लाबाट काठमाडौं उपत्यकाभित्र आउनु पर्ने भए गृह मन्त्रालयसँग समन्वय गरेर पास जारी गर्न सकिने छ। काठमाडौं उपत्यकाभित्र भने एउटै जिल्लाबाट जारी भएको पासले तीन जिल्लामा जान पाइने छ। त्यस्तै अहिले सरकारले ६ बजेदेखि उपत्यकाभित्र छिर्ने सबै निर्माण सामग्री बोकेका सवारीलाई रोक लगाइएको छ।

मालवाहक सवारीले राति ८ बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रवेश पाउने छन्। त्यस्तै, सरकारी कार्यालयका सवारीलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म कर्मचारी कार्यालय ल्याउन र दिउँसो ५ बजेदेखि ६ बजेसम्म फर्किन समय निर्धारण गरिएको छ। यसैगरी, बैंक तथा वित्तीय संस्थाको लागि भने बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म कर्मचारी ल्याउन र फर्किन दिउँसो ३ बजेदेखि ५ बजेसम्म समय दिइएको छ। तर केही व्यक्तिलाई भने सवारी पास नचाहिने भएको छ।

एम्बुलेन्स, शवबाहन र दमकललाई सवारी पास चाहिदैन। सरकारी झण्डावाल गाडीलाई पनि सवारी पास चाहिदैन। त्यस्तै कूटनीतिक नियोगका गाडीलाई पनि सवारी पास चाहिदैन। स्वास्थ्य सेवामा खटिएका कर्मचारीलाई पनि पास नचाहिने भएको छ। खानेपानी, मर्मत सम्भार र ठूला खाद्यान्नका गाडीलाई पनि पास चाहिदैन। अत्यावश्य बस्तु तथा मालबाह सवारीलाइृ पनि पास नचाहिने जनाइएको छ।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.