थप तीन जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या २ सय ४९

काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षण अनुसार बिहीबार साँझ तीन जनामा कोरोना पुष्टि भएको हाे।

काठमाडौं, दहचोक निवासी ७ वर्षीय बालक, जनकपुर, धनुषा निवासी १७ वर्षीया युवती र धादिङकी ३० वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या २४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

यसअघि बिहीबार दिउँसाे तीन जनामा कोरोना पुष्टि भएको थयो। काठमाडौँ ३२ वर्षीय पुरुष, कपिलवस्तु ६ वर्षीया बालिका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नवलपरासीपूर्वका ४९ वर्षीय पुरुषको भरतपुर कोरोना अस्पतालमा पीसीआर नमुना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो। योसँगै १९९ पुरुष, ५० महिला र ३५ निको भएकासँगै संक्रमितको संख्या २४९ पुगेको छ।

मन्त्रालयका अनुसार अलिहेसम्म पीसीआर २२ हजार ६ सय ६४ नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ सय ६३ जनाको नमुना संकलन भएको छ। नेपालमा माघ १४ गतेदेखि पीसीआर परीक्षण सुरु गरिएको थियो।

प्रवक्ता देवकोटाका अनुसार आरडीटी विधिबाट अहिलेसम्म ६२ हजार तीन सय २७ नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा दुइृ हजार आठ सय आरडीटी परीक्षण गरिएको छ। आरडीटीको परीक्षण चैत १९ गतेबाट सुरु भएको हो। अहिलेसम्म क्वारेन्टाइनमा १५ हजार ६ सय छन् भने आइसोलेसनमा उपत्यकामा ६ र बाहिर २६६ गरेर २७२ छन्।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.