विराटनगर र धनकुटाको संक्रमित क्षेत्र सिल

विराटनगर। विराटनगर महानगरपालिकाको दुई वडालाई सोमबार बिहानबाट सिल गरिएको छ। ६ र १५ वडामा दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि आइतबार साँझ बसेको जिल्लास्थित सुरक्षा निकायको आकस्मिक बैठकले वाडालाई सिल गर्ने निर्णय गरेको थियो।

सोमबार बिहानदेखि दुवै वडामा मानिसको आवत–जावत र पसलहरु बन्द गर्ने निर्णय भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए।

सुरक्षा निकायबीच आइतबार साँझ अनलाइन (भिडियो कन्फरेन्स) सुरक्षा बैठक बसेको थियो। उता जिल्ला अस्पताल धनकुटामा कार्यरत स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएपछि धनकुटाको जिल्ला अस्पताल र आसपासका क्षेत्र सिल गरिएको छ।

जिल्ला प्रशासन कार्यालय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी जयराम श्रेष्ठका अनुसार आइतबार राति बसेको कोभिड–१९ कमान्ड फोर्स धनकुटाको बैठकले गरेको निर्णयसँगै जिल्ला अस्पताल र आसपासका क्षेत्रलाई सिल गरिएको हो।

संक्रमित स्वास्थ्यकर्मीलाई आइतबार जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको थियो। सोमबार बिहान कोरोना अस्पताल विराटनगर ल्याउने तयारी भइरहेको छ।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.