स्वास्थ्यकर्मी र सफाई कर्मचारीलाई कोरोना संक्रमण

Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

विराटनगर । प्रदेश १ मा आइतबार कोरोना संक्रमण पुष्टि भएका तीन मध्ये एक पुरुष विराटनगर महानगरका सफाई कर्मचारी भएको खुलेको छ। उनी विराटनगर–१५ का स्थानीय हुन्।

वडा नम्बर १५ का वाडाध्यक्ष असलम आलमका अनुसार संक्रमित ३६ वर्षीय पुरुषको संक्रमणको स्रोत खुलेको छैन। ‘घरमा बाहिरबाट कोही आएका होइनन्, उनलाई कहाँबाट सर्‍यो हामी पहिचान गर्दैछौँ,’ आलमले भने।

महानगरले गत बिहीबार ६ र १५ वडाका ४३ जनाको स्वाब संकलन गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाएको थियो। जसमध्ये ती पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले जानकारी दिए।

आइतबार विराटनगरका दुईसहित धनकुटाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो। धनकुटाकी ३४ वर्षीया महिला स्वास्थ्यकर्मी भएको बताइएको छ।

धरानमा विराटनगर र धनकुटाबाट ल्याएको स्वाबको एकैपटक परीक्षण रिपोर्ट आएको थियो। जसमध्ये विराटनगरका १ पुरुष, १ महिला र धनकुटाकी एक महिलामा कोरोना पोजेटिभ देखिएको हो।

विराटनगरकी संक्रमित महिला वडा नंबर ६ की हुन्। २९ वर्षीया ती महिला केहीदिन अघि भारतबाट आएको वडाअध्यक्ष विजय कामतले जानकारी दिए। आइतबार कोरोना संक्रमण पुष्टि भएका विराटनगरका सबैलाई आइतबार साँझ नै कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको छ। धनकुटाकी स्वास्थ्यकर्मीलाई सोमबार ल्याइँदैछ।

Facebook Comments