काठमाडौ । बारामा फेरि बेवारिसे नोट फेला परेको छ । तर यो पटक सडकमा भेटिएको नोट भने नक्कली रहेको पाइएको छ । बच्चाहरुले खेल्ने भारतीय नक्कली नोट (भारतीय चिल्ड्रेन करेन्सी) बाराको पचरौता नगरपालिका-९ स्थित भलदुसवा टोलमा भेटिएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए ।
सोमबार बिहान सडकमा बेवारिसे अवस्थामा सडकमा पैसा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । गौतमका अनुसार एक हजार लेखिएका १२/१३ वटा नक्कली नोट प्रहरीले सुरक्षित रुपमा राखेको छ ।
बच्चाहरुले खेल्ने क्रममा उक्त नोट फालेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसरी सडकमा बेवारिसे पैसा फेला पर्न थालेपछि स्थानीय सर्वसाधरण भने त्रसित बनेका छन् ।
यसअघि आइतबार पनि बाराको आदर्श कोतवाल गाउँपालिका-८ स्थित कोत्वाली गाउँमा ५ सयको १६ थान नोट बेवारिसे अवस्थामा फेला परेको थियो ।
Facebook Comments