टोलमा बाटो बन्द गर्नेलाई गृह मन्त्रालयले दियाे चेतावनी

काठमाडौं । कोरोना संक्रमण समुदाय स्तरमा फैलिएसँगै टोल-टोलमा नयाँ मान्छेलाई प्रवेश निषेध गर्न थालिएको छ । टोल–टोलमा बाटो बन्द गर्ने, प्रवेश निषेध गर्नेलाई गृह मन्त्रालयले कारवाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयका प्रवक्ता सह–सचिव केदारनाथ शर्माले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘स्थानीय केही ब्यक्तिबाट सुरक्षा सतर्कताको नाममा बाटो बन्द गर्ने, टोलमा प्रवेश निषेध गर्ने तथा आवागमनमा बाधा पुर्याउने अमानवीय कामप्रति मन्त्रालयको गम्भीर ध्यनाकर्षण भएको छ ।’

कतिपय बस्तीमा स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, दवाब दिने र आवागमनमा दुरब्यवहार गरेको भन्दै मन्त्रालयले त्यस्ता गतिविधि गर्नेलाई कानूनी दायरामा ल्याउने चेतावनी दिएको छ ।

‘यस कठिन क्षणमा पनि सुरक्षा सतर्कताको नाममा अग्रपंक्तिमा रही अहोरात्र तोकिएका कार्यमा खटिरहेका स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, विभिन्न किसिमका दबाब दिने, आवागमनका क्रममा दुर्व्यवहार गर्ने, कानुन विपरीतका कार्यहरुगरि निजहरुको मनोबल गिराउने, स्थानीय केही व्यक्तिहरुबाट स्वास्थ्य सुरक्षा सतर्कताको नाममा बाटो बन्द गर्ने, टोलमा प्रवेश निषेध गर्ने, आवागमनमा पनि बाधा पुर्‍याउने, घरभाडामा बसिरहेका व्यक्तिहरुलाई बिनाकारण निकाल्नेलगायतका अत्यन्त अमानवीय कार्यहरु भैरहेको प्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । विश्वव्यापी महामारीका विरुद्ध लड्नको लागि हामी सबैले सामूहिक प्रयास गर्नुपर्नेमा एक आपसमा नै निषेधको बाटो अपनाउनु निश्चय पनि राम्रो होइन ।’ जारी विज्ञप्तिमा भनिएकाे छ

‘संक्रामक रोग ऐन–०२० अनुसार सरकारको निर्णय पालना गराउन सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गरिएको छ’ मन्त्रालयलको विज्ञप्तिमा भनिएको छ–‘जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पुर्याउने जुनसुकै ब्यक्तिलाई पनि कानून बमोजिम हदैसम्मको सजाय हुन्छ ।’

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.