नेपाल सत्य

9638 Posts
विपक्षी दलद्वारा सरकारको कडा आलोचना, बाबुराम भट्टराईले मागे प्रधानमन्त्रीको राजीनामा

विपक्षी दलद्वारा सरकारको कडा आलोचना, बाबुराम भट्टराईले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाइसकेको बताएको छ । कोरोना संक्रमणको विषम परिस्थितिमा पनि भ्रष्टाचारका विषय सार्वजनिक हुनु, सरकार लोकतान्त्रिक मुल्य मान्यता र संविधानको भावना विपरित क्रियाकलापमा संलग्न हुनु तथा सांसद जस्तो आवाञ्छित र अपराधिक गतिविधिमा संलग्न हुनुले सरकारको नैतिक र राजनैतिक आधार गुमेको निष्कर्ष कांग्रेसको छ । त्यसैगरी कांग्रेसले सकरारको अधिनायकवादी नियत विरुद्ध निरन्त लड्ने चेतावनी पनि दिएको छ । संघीय संसदको छटौ अधिवेशन अर्थात बजेट अधिवेशनको पहिलो दिन शुक्रबारको प्रतिनिधिसभा बैठकमा शुभकामना मन्तव्य दिदै प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार…
Read More
लकडाउनमा पनि गाँजा तस्करी, २ जना पक्राउ

लकडाउनमा पनि गाँजा तस्करी, २ जना पक्राउ

सर्लाही । कोरोना भाइरस (कोभिड १९) स‌ंक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका बेला अवैध लागू औषध गाँजा तस्करी गर्ने २ जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको लालवन्दी नगरपालिका-१५ बाट अवैध लागूऔषध गाँजा करिब ५ किलो सहित २ जनालाई बिहीबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । पक्राउ पर्नेहरुमा लालवन्दी नगरपालिका-८ बस्ने २६ वर्षीय मोहन घिसिङ र ईश्वरपुर नगरपालिका-१२ घारीबथान बस्ने ४६ वर्षीय फगुनी यादव रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र लुकाइछिपाई ल्याउँदै गरेको लागूऔषध सहित दुवै जनालाई पक्राउ गरेको हो ।
Read More
नेपालगञ्जमा थप १ जनामा कोरोना संक्रमण पुष्टि, देशभर संक्रमितको संख्या १०२ पुग्यो

नेपालगञ्जमा थप १ जनामा कोरोना संक्रमण पुष्टि, देशभर संक्रमितको संख्या १०२ पुग्यो

काठमाडौं । नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा थप एकजनामा कोरोना पोजेटिभ देखिएको हो । नयाँ थपिएका कोरोना संक्रमितमा १६ वर्षीया पुरुष रहेको डा देवकोटाले जानकारी दिए । उनका अनुसार हाल नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ । जसमा ७४ जना पुरुष छन् भने २८ जना महिला रहेका छन् डा विकास देवकोटाका अनुसार कुल संक्रमित मध्ये कोरोना निको हुनेको संख्या ३० जना पुगेको छ । उनका अनुसार कोशी अस्पतालमा उपचारत ८ जना निको भएर शुक्रबार डिस्चार्ज भएपछि नेपालमा…
Read More
प्रहरी र चिनियाँ नागरिकबीच झडप, डीएसपी बस्नेत घाइते

प्रहरी र चिनियाँ नागरिकबीच झडप, डीएसपी बस्नेत घाइते

काठमाडाैँ। स्वदेश फर्किन पाउनुपर्ने मागसहित सिंहदरबार अगाडि प्रदर्शन गर्न पुगेका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । झडपमा परी नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) हरि बस्नेत घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए । लकडाउन र हवाई उडान बन्द भएपछि नेपालमा रोकिएका चिनियाँ नागरिकहरू प्रदर्शनका लागि सिंहदरबारको पश्चिम गेट भद्रकालीमा पुगेका थिए । उनीहरूले निषेधित क्षेत्र तोडेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सिंहदरबार आसपासमा धर्ना तथा विरोध प्रदर्शन गर्न निषेध छ । त्यसक्रममा ३८ जनालाई पक्राउ गरी नगर प्रहरीको कार्यालयमा राखिएको छ । एकदुई जना गर्दै त्यति…
Read More
काठमाडौंमा ३३ जना चिनियाँ नागरिक गिरफ्तार

काठमाडौंमा ३३ जना चिनियाँ नागरिक गिरफ्तार

काठमाडौं । काठमाडौंबाट प्रहरीले ३३ जना चिनियाँ नागरिकलाई गिरफ्तार गरेको छ । शुक्रवार अचानक सिंहदरबार अगाडी धर्ना बसेपछि उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्र राठौरले जानकारी दिए । लकडाउनका कारण स्वदेश फर्कन नपाएर नेपालमै अलपत्र परेको भन्दै चिनियाँ नागरिकले आफ्नो देश फर्कन माग गर्दै आन्दोलन गरेका हुन् । लकडाउनका उल्लंघन गरेर भेलाजम्मा भएकाले उनीहरुलाई पक्राउ गरिएको एसपी राठौरले बताए । अहिले उनीहरुलाई भृकुटीमण्डप नेपाल पुलिस क्लवमा राखिएको छ ।
Read More
काेराेनासँग सम्बन्धित विश्व स्वास्थ्य संगठनले बाहिर ल्यायो १४ सत्य

काेराेनासँग सम्बन्धित विश्व स्वास्थ्य संगठनले बाहिर ल्यायो १४ सत्य

काठमाडौँ । लाखौं मानिस संक्रमित र हजारौं मानिसको ज्यान जाने गरी फैलिएको कोरोना भाइरसका वारेमा बजारमा अहिले विभिन्न आकलनहरु गरिएका छन् । बास्तविक तथ्य बाहिर ल्याउन नसकिएकाल अहिले विभिन्न हल्लाको भरमा विश्वास गर्नु परिरहेको छ । मदिर सेवनदेखि तातोपानीले नुहाउँदा सम्म भाइरस पर्छ भन्ने गलत अफवाह फैल्याइएको छ । यी सबै अफवाह भएको यथार्थ नभएको भन्दै विश्व स्थास्थ्य संगठनले यो वारेमा १४ यथार्थ वाहिर ल्याएको छ । ती १४ यथार्थलाई यहाँ प्रस्तुत गरिएको छ । १. कोरोना गर्मी वातावरणमा फैलिन्छ भन्ने कल्पना मात्र हो । कोरोनाभाइरस जुनसुकै वातावरणमा फैलिन्छ । यसको लागि तातो वातावरण हुनु जरुरी छैन । डब्लुएचओले वातावरणमा…
Read More
भोजपुरी अभिनेत्री सम्भावना अस्पताल भर्ना

भोजपुरी अभिनेत्री सम्भावना अस्पताल भर्ना

मुम्बई। भोजपुरी अभिनेत्री तथा बिगबोस– २ फेम सम्भावना सेठ अस्पताल भर्ना भएकी छन् । उनका पति अविनाश द्विवेदीले सम्भावनाको इन्स्टाग्राम अकाउन्टमार्फत यसको लानकारी दिएका हुन्। तर अविनाशले सम्भावनालाई के भएको हो र अवस्था कस्तो भन्नबारे केही खुलाएका छैनन्। टीभी र चलचित्र क्षेत्रका व्यक्तिहरूले उनको स्वास्थ्यबारे चिन्ता व्यक्त गरेका छन्। सम्भावना भोजपुरी फिल्म उद्योगकी चर्चित अनुहार हुन्। उनले भोजपुरी उद्योगमा धेरै आइटम नम्बर दिएकी छन्। उनी शिल्पा शेट्टीद्वारा होस्ट गरिएको ‘बिगबोस’ सिजन– २ मा देखिएकी थिइन्। यसपछि उनी ‘बिगबोस–८’ मा च्यालेन्जरका रूपमा देखिएकी थिइन्। एजेन्सी
Read More
सेनाका कर्णेल प्रहरी नियन्त्रणमा

सेनाका कर्णेल प्रहरी नियन्त्रणमा

काठमाडौं। काठमाडौंको रविभवनमा भएको दुर्घटनामा एक जनाको ज्यान गएपछि सेनाका कर्णेललाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिहान रविभवनमा भएको दुर्घटनामा निजी कारले मोटरसाइकललाई ठक्कर दिँदा२३ वर्षीय टीकाराज गेलालको ज्यान गएको हो । कारका चालक शिखर राणा हुन् । उनी नेपाली सेनाका प्रमुख सेनानी पदमा कार्यरत छन् । बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल र बा २१ च ४३४७ कार एक आपसमा जुध्दा मोरङ घर भएका गेलालको ज्यान गएको हो । कलंकीबाट कालिमाटीतर्फ आइरहेको कारले कालिमाटीबाट कलंकी तर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो । मृतक गेलाल मासु पसलमा काम गर्दै आएका थिए। उनी कुखुराको मासु बोकेर आएका थिए । कुखुराको…
Read More
भारतबाट आएका ६८ जनाको रिपोर्ट यस्ताे आयाे

भारतबाट आएका ६८ जनाको रिपोर्ट यस्ताे आयाे

गुल्मी । भारतबाट जिल्ला आएका ६८ व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु दुई साताअघि २८ दिनसम्म सुनौली नाकामा क्वारेन्टाइनमा बसेर स्वदेश फर्किएका हुन् । भारतबाट आएका सबैलाई स्थानीय पालिकाले १४ दिनसम्म क्वारेन्टाइनमा राखेका थिए । भैरहवास्थित प्रदेश प्रयोगशालामा किटको अभाव भएपछि पिसिआर टेष्टका लागि उनीहरुको स्वाब गण्डकी जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो । परीक्षणका लागि पठाइएका सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी भरतराज शर्माले जानकारी दिए । भारतवाट आएका व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा बसेका अधिकांश व्यक्ति बिहीबार घर फर्किसकेको र बाँकीलाई आज पठाउने तयारी गरिएको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताए । उनीहरुको…
Read More
कोरोना भाइरसबारे ७ हल्लाभित्र कति सत्यता ?

कोरोना भाइरसबारे ७ हल्लाभित्र कति सत्यता ?

काठमाडाैँ । कोरोना भाइरसका बारेमा तपाईले कैयौं प्रकारका हल्लाहरु सुन्नु भएको होला । तर यी हल्लामा कतिको सत्यता छ यसबारे भने जानकारी नहुनसक्छ । जसका कारण तपाईमा पनि डर वा त्रास हुनसक्छ । आज हामी यस्तै केहि हल्लाहरुका बारेमा चर्चा गर्नेछौ जसमा सत्यता छ वा यो झुटो हो ? जान्नुहोस् । हल्ला : मास्क लगाएपछि कोरोनाको संक्रमण हुदैन । सत्यता : कुनै पनि सर्जिकल मास्कले भाइरल पार्टिकल्सलाई ब्लक गर्न सक्दैन । तर संक्रमित ब्यक्तिबाट वाइरस फैलनबाट रोक्न भने मद्दत गर्दछ । किनकी संक्रमितले खोक्दा, हाच्छ्यु गर्दा वा बोल्का निस्कने छिटाहरुमा भाइरस हुने भएकाले यसलाई मास्कमा रोकेर अरुमा फैलनबाट रोक्न मद्दत…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.