काेराेनासँग सम्बन्धित विश्व स्वास्थ्य संगठनले बाहिर ल्यायो १४ सत्य

काठमाडौँ । लाखौं मानिस संक्रमित र हजारौं मानिसको ज्यान जाने गरी फैलिएको कोरोना भाइरसका वारेमा बजारमा अहिले विभिन्न आकलनहरु गरिएका छन् । बास्तविक तथ्य बाहिर ल्याउन नसकिएकाल अहिले विभिन्न हल्लाको भरमा विश्वास गर्नु परिरहेको छ ।

मदिर सेवनदेखि तातोपानीले नुहाउँदा सम्म भाइरस पर्छ भन्ने गलत अफवाह फैल्याइएको छ । यी सबै अफवाह भएको यथार्थ नभएको भन्दै विश्व स्थास्थ्य संगठनले यो वारेमा १४ यथार्थ वाहिर ल्याएको छ ।


ती १४ यथार्थलाई यहाँ प्रस्तुत गरिएको छ ।

१. कोरोना गर्मी वातावरणमा फैलिन्छ भन्ने कल्पना मात्र हो । कोरोनाभाइरस जुनसुकै वातावरणमा फैलिन्छ । यसको लागि तातो वातावरण हुनु जरुरी छैन । डब्लुएचओले वातावरणमा ध्यान दिएर लापरवाही नगर्न र आफू पूरै तरिकाले सुरक्षित रहन भनेको छ । हातको सफाइ गरिरहनुस् । यो भाइरसले कुनै पनि वातावरणमा तपाइँलाई संक्रमित गर्न सक्छ ।

२. चिसो वातावरण र हिउँमा कोरोनाभाइरस मर्दैन भन्ने पनि कोरा कल्पना हो । भाइरस कुनै पनि तापक्रममा मर्न सक्छ यदि उसको अनुकूल वातावरण भएन भने । सामान्य रुपमा मानव शरीरको तापक्रम ३६.५ देखि ३७ डिग्री सेन्टिग्रेड हुन्छ । यो तापक्रम बाहिरी वातावरणबाट धेरै प्रभावित हुँदैन ।

३. तातो पानीले नुहाउँदा कोरोना फैलिँदैन भन्ने पनि कल्पना मात्र हो । कोरोना भाइरस तातो पानीमा पनि बाँच्न सक्छ । तपाइँको शरीरकै तापक्रम ३६.५ देखि ३७ डिग्री सेन्टिग्रेड हुन्छ । यदि धेरै तातो पानीले नुहाउनुभयो भने तपाइँको शरीर नै जल्न सक्छ तर कोरोनाभाइरस मर्दैन ।

४. कोरोनाभाइरस लामखुट्टेबाट फैलिँदैन भन्ने पनि कल्पना मात्र हो । अहिलेसम्म डब्लुएचओले यो भाइरस लामखुट्टेबाट फैलिँदैन भन्ने तथ्य प्रमाणित गरेको छैन । कोरोनाभाइरस श्वास प्रश्वाससम्बन्धी भाइरस हो । जो हावामा तैरिरहेका पानीका कणहरुबाट फैलिन्छ चाहे त्यो हाच्छ्यूँ होस् वा खोकी । जब कसैले हाच्छेयुँ गर्छ वा खोक्छ उसको मुख र नाकबाट निस्कने थुकका थोपाबाट कोरोनाभाइरस फैलिन्छ । त्यसैले आत सफा राख्नुहोस् र मास्क लगाउनुहोस् ।

५. ह्याण्ड ड्रायरबाट कोरोनाभाइरस मर्छ भन्ने पनि कल्पना मात्र हो । विश्व् स्वास्थ्य संगठनले स्पष्ट भनेको छ, ह्याण्ड ड्रायरबाट कोरोना मर्दैन । ह्याण्ड ड्रायर यो कामका लागि बनेकै होइन । ह्याण्ड ड्रायरले केवल चिसो हात सुकाउँछ । हातमा रहेका भाइरस वा ब्याक्टेरिया अल्कोहल बेस्ड सेनिटाइजरबाट धुँदा मात्र जान्छ । वा साबुन पानीले राम्रोसँग हात धुनुस् ।

६. अल्ट्राभ्वाइलेट ल्याम्पबाट कोरोना मर्छ भन्ने पनि कल्पना मात्र हो । अल्ट्राभ्वाइलेट ल्याम्पको प्रयोग शरीरमा गर्नु हुँदैन । अल्ट्राभ्वाइलेट रेडिएशनको कारणले छालामा जलन हुने समस्या हुन्छ । त्यसैले यसको प्रयोग नगर्नुस् । यसको प्रयोगले कोरोनाभाइरबाट बचाउँदैन बरु अर्को स्वास्थ्य मस्या निम्त्याउँछ ।

७. थर्मल स्क्यानरले कोरोनाभाइरसको पुष्टि गर्छ भन्ने पनि कल्पना मात्र हो । तर, यो भने सत्य हो कि यसले कोरोनाभाइरस संक्रमण भएको हुन सक्ने संकेत दिन भने निकै प्रभावकारी काम गर्छ । यसले शरीर नछोइ शरीरको तापक्रम बढेको जानकारी दिने हुनाले संक्रमित हुन सक्ने बलियो संकेत दिन्छ । भाइरस संक्रमण भएको वा नभएको पुष्टि भने जाँचपछि मात्र हुन्छ ।

८. अल्कोहल वा क्लोरिन छर्किंदा शरीरमा रहेको कोरोनाभाइरस मर्छ भन्ने पनि कल्पना हो । यसरी शरीरमा भएको भाइरस मर्दैन किनकि यी दुवै चीजले शरीरको बाहिर मात्र सफाइ गर्छन् । शरीरभित्र गइसकेको भाइरस केवल औषधीले मात्र ठिक हुन्छ । यसको उपचार अल्कोहल वा क्लोरिन हुन सक्दैन । यो केवल बाहिरी त्वचाको लागि बचावको तरिका हुन सक्छ ।

९. निमोनियाको खोपले कोरोनाबाट बचाउँछ भन्ने पनि कल्पना हो । न्यूमोकोकल भ्याक्सिन वा हिमोफिलस इन्फ्लुएन्जा टाइप बी भ्याक्सिनले कोरोनाभाइरसको उपचार हुन सक्दैन । यसबाट कोरोनाबाट बचाव पनि हुँदैन । कोरोनाभाइरस पूरै फरक हो । यो नयाँ हो र यसको औषधी अहिलेसम्म खोज्न सकिएको छैन । वैज्ञानिक यसको भ्याक्सिन विकसित गर्न लागिपरेका छन् ।

१०. स्लाइनबाट नाक सफा गर्दा कोरोनाबाट बचिन्छ भन्ने पनि कल्पना हो । अहिलेसम्म यसरी कोरोनाभाइरसबाट बच्न सकिन्छ भन्ने प्रमाण फेला परेको छैन । यो एक मानिसबाट अर्को मानिसमा फैलिन्छ । त्यो पनि हाच्छ्युँ वा खोकीका क्रममा नाक वा मुखबाट निस्कने थुक वा म्युकसको थोपाबाट ।

११. लसुन खाँदा कोरोनाभाइरको संक्रमण हुँदैन भन्ने पनि कल्पना मात्र हो । विश्व स्वास्थ्य संगठनले भनेको छ कि लसुन स्वास्थ्यको लागि लाभदायक खाद्यपदार्थ हो तर अहिलेसम्म यस्तो कुनै प्रमाण फेला परेको छैन जसबाट यो थाहा होस् कि लसुन खाँदा कोरोनाभाइरसबाट बच्न सकिन्छ ।

१२. कोरोनाभाइरसबाट वृद्धहरु बढी संक्रमित हुन्छन् भन्ने पनि कल्पना मात्र हो । यसको संक्रमण जुनसुकै उमेर समूहका मानिसमा हुन सक्छ । तर, यो पनि सत्य हो कि संक्रमित भइसकेपछि वृद्धहरुको शरीरमा हुने अन्य समस्याहरु जस्तै दम, मधुमेह, मुटुरोग लगायतका कारण भाइरस उनीहरुको शरीरमा धेरै शक्तिशाली हुन्छ । यसबाट उनीहरुलाई धेरै खतरा हुन्छ । युवाहरुमा भने रोग प्रतिरोधी क्षमता बलियो भएकोले उनीहरुलाई खतरा कम ‘हुन्छ ।

१३. एन्टिबायोटिक्सबाट कोरोनाभाइरस ठिक हुन्छ भन्ने पनि कल्पना हो । विश्व स्वास्थ्य संगठनले स्पष्ट पारेको छ कि कोरोनाभाइरको उपचारमा एन्टिबायोटिक्सले काम गर्दैनन् । यी औषधीहरुले केवल ब्याक्टेरिया मार्छन् भाइरसलाई होइन । एन्टिबायोटिक्सको उपयोग कोरोनाको लागि गर्नु हुँदैन किनकि कोभिड १९ नयाँ भाइरस हो ।

१४. कोरोनाभाइरसको लागि कुनै विशेष औषधी बनिसकेको कुरा पनि सत्य होइन । विश्व स्वास्थ्य संगठनका अनुसार यो भाइरसको लागि निश्चित औषधी उपलब्ध छैन । वैज्ञानिकहरु अहिले यो भाइरसलाई मार्ने वा संक्रमणबाट बचाउने भ्याक्सिन तयार गर्न जुटेका छन् । उपचारका केही तरिकाहरु पनि अहिले परीक्षणको क्रममै छन् । एजेन्सीकाे सहयाेगमा

ताजा अपडेट

पोर्चुगलमा आप्रवासीको संख्या हालसम्मकै उच्च : एकैबर्षमा ६ लाख ६२ हजार ९५ जनाले लिए रेसिडेन्सी !

पोर्चुगल । पोर्चुगलमा आप्रवासीको संख्या हालसम्मै उच्च रहेको विदेशी र सीमा सेवा सेफले जनाएको छ। सन् २०२० मा आवास अनुमति लिने बिदेशी आप्रवासीहरुको संख्या...

४ मन्त्रीलाई थप मन्त्रालयको जिम्मेवारी दिइयो, कसको जिम्मामा कुन मन्त्रालय ? (विज्ञप्तिसहित)

काठमाडौं । सर्वोच्च अदालतले संविधान विपरित मन्त्रिपरिषद् विस्तार गरेको ठहर गर्दै १८ मन्त्री तथा राज्यमन्त्रीलाई पदमुक्त गरिदिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीविहीन बनेको मन्त्रालयमा जिम्मेवारी...

समर्थकले रोनाल्डोलाई कोकको बोतलले हानेपछि….

एजेन्सी । पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो निकै फर्ममा देखिएका छन् । उनले जारी युरो कपका समूह चरणका तीनवटै खेलमा गोल गरे । फ्रान्स विरुद्धको...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार...

पछिल्लो २४ घण्टामा कति जना संक्रमित निको भए?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५१८ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९० दशमलब ७ प्रतिशत रहेको...

पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनालाई कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार...

‘आरोपितलाई छुटाउन जाने मन्त्री पदमा बस्न अयोग्य’

काठमाडौं । विवेकशील साझा पार्टीले जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई रिहा गराउन मन्त्री आफैं प्रहरी कार्यालय पुगेकामा आपत्ति...

मन्त्रीहरुको जिम्मेवारी हेरफेर, गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री विष्णु पौडेललाई...

चुनावको घोषणा गर्नु ओलीको अहंकार मात्रै : माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कुर्सीका लागि नभई देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनुपर्ने बेला भएकाले सवैको...

चर्चित