भोजपुरी अभिनेत्री सम्भावना अस्पताल भर्ना

मुम्बई। भोजपुरी अभिनेत्री तथा बिगबोस– २ फेम सम्भावना सेठ अस्पताल भर्ना भएकी छन् । उनका पति अविनाश द्विवेदीले सम्भावनाको इन्स्टाग्राम अकाउन्टमार्फत यसको लानकारी दिएका हुन्।

तर अविनाशले सम्भावनालाई के भएको हो र अवस्था कस्तो भन्नबारे केही खुलाएका छैनन्। टीभी र चलचित्र क्षेत्रका व्यक्तिहरूले उनको स्वास्थ्यबारे चिन्ता व्यक्त गरेका छन्।

सम्भावना भोजपुरी फिल्म उद्योगकी चर्चित अनुहार हुन्। उनले भोजपुरी उद्योगमा धेरै आइटम नम्बर दिएकी छन्।

उनी शिल्पा शेट्टीद्वारा होस्ट गरिएको ‘बिगबोस’ सिजन– २ मा देखिएकी थिइन्। यसपछि उनी ‘बिगबोस–८’ मा च्यालेन्जरका रूपमा देखिएकी थिइन्। एजेन्सी

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.