काठमाडौं। काठमाडौंको रविभवनमा भएको दुर्घटनामा एक जनाको ज्यान गएपछि सेनाका कर्णेललाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिहान रविभवनमा भएको दुर्घटनामा निजी कारले मोटरसाइकललाई ठक्कर दिँदा२३ वर्षीय टीकाराज गेलालको ज्यान गएको हो । कारका चालक शिखर राणा हुन् । उनी नेपाली सेनाका प्रमुख सेनानी पदमा कार्यरत छन् ।
बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल र बा २१ च ४३४७ कार एक आपसमा जुध्दा मोरङ घर भएका गेलालको ज्यान गएको हो ।
कलंकीबाट कालिमाटीतर्फ आइरहेको कारले कालिमाटीबाट कलंकी तर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो । मृतक गेलाल मासु पसलमा काम गर्दै आएका थिए। उनी कुखुराको मासु बोकेर आएका थिए । कुखुराको मासु बोकेर आएका गेलालको दुर्घटनामा परी मृत्यु भएपछि कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Facebook Comments