काठमाडौं । काठमाडौंबाट प्रहरीले ३३ जना चिनियाँ नागरिकलाई गिरफ्तार गरेको छ ।
शुक्रवार अचानक सिंहदरबार अगाडी धर्ना बसेपछि उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्र राठौरले जानकारी दिए ।
लकडाउनका कारण स्वदेश फर्कन नपाएर नेपालमै अलपत्र परेको भन्दै चिनियाँ नागरिकले आफ्नो देश फर्कन माग गर्दै आन्दोलन गरेका हुन् ।
लकडाउनका उल्लंघन गरेर भेलाजम्मा भएकाले उनीहरुलाई पक्राउ गरिएको एसपी राठौरले बताए । अहिले उनीहरुलाई भृकुटीमण्डप नेपाल पुलिस क्लवमा राखिएको छ ।
Facebook Comments