प्रहरी र चिनियाँ नागरिकबीच झडप, डीएसपी बस्नेत घाइते

काठमाडाैँ। स्वदेश फर्किन पाउनुपर्ने मागसहित सिंहदरबार अगाडि प्रदर्शन गर्न पुगेका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । झडपमा परी नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) हरि बस्नेत घाइते भएका छन् ।

उनको टाउकोमा चोट लागेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए । लकडाउन र हवाई उडान बन्द भएपछि नेपालमा रोकिएका चिनियाँ नागरिकहरू प्रदर्शनका लागि सिंहदरबारको पश्चिम गेट भद्रकालीमा पुगेका थिए ।

उनीहरूले निषेधित क्षेत्र तोडेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सिंहदरबार आसपासमा धर्ना तथा विरोध प्रदर्शन गर्न निषेध छ । त्यसक्रममा ३८ जनालाई पक्राउ गरी नगर प्रहरीको कार्यालयमा राखिएको छ ।

एकदुई जना गर्दै त्यति ठूलो संख्यामा चिनियाँ नागरिक सिंहदरवारअगाडि पुगेको प्रहरीले जनाएको छ ।

Facebook Comments