नेपाल सत्य

9638 Posts
विश्वका लोकप्रिय गायिकाको सूचीमा नेहा कक्कड दोस्रोमा

विश्वका लोकप्रिय गायिकाको सूचीमा नेहा कक्कड दोस्रोमा

एजेन्सी। बलिउड गायिका नेहा कक्कड विश्वमा सर्वाधिक खोजिने गायिकाको सूचीमा दोस्रो स्थान ओगट्न सफल भएकी छिन्। नेहा दुनियाँभरमा युट्युबमा सबैभन्दा धेरै सर्च गरिने फिमेल आर्टिस्टमा दोस्रो नम्बरमा परेकी हुन्। यसको जानकारी उनले इन्स्टाग्राममार्फत दिँदै फ्यानलाई धन्यवाद भनेकी छिन्। कलाकारको सूचीमा नेहाभन्दा अगाडि पहिलो स्थानमा अमेरिकन र्‍यापर कार्डी बी मात्र छिन्। यो सूचीमा अन्य भारतीय महिला कलाकार परेका छैनन्। हालै भएको सर्वेक्षणअनुसार कार्डी बीलाई कुल ४ दशमलव ८ बिलियन दर्शकले युट्युबमा सर्च गरेका छन्। त्यसैगरी नेहा कक्कडलाई ४ दशमलव ५ बिलियन दर्शकले खोजेका छन्। यो सर्वेक्षणमा नेहाले विश्व चर्चित थुप्रै ठूला हस्तीलाई उछिनेकी छिन्। नेहाले कोलम्बियन सिंगर करोल जी, साउथ कोरियन…
Read More
काठमाडौंमै कोरोनाको जोखिम

काठमाडौंमै कोरोनाको जोखिम

काठमाडौं । काठमाडौं उपत्यकामा तरकारी बजार, सार्वजनिक खाना खुवाउने स्थान, पत्रिका वितरणबाट कोरोना संक्रमण हुन सक्ने सम्भावना उच्च पाइएको छ । सरोकारवाला निकायको लापरबाही तथा प्रहरीको नजरअन्दाजका कारण यी क्षेत्र संक्रमणको जोखिममा रहेको देखिएको हो । विभिन्न संघसंस्थाले वितरण गर्ने खानामा सुरक्षा उपकरण अबलम्बन नगरी वितरण गरिएको, ठूला तरकारी बजारमा भीडभाड तथा सुरक्षा अबलम्बन नगरिएको, पुरानो बसपार्क, बसन्तपुर, तिलगंगालगायत क्षेत्रमा सयौं मानिस दुरी कायम नगरी बसिरहेका छन् । जिल्ला प्रशासन कार्यालयले बिहीबार गरिब, विपन्नलगायतलाई संघसंस्थाले वितरण गर्ने खानामा सुरक्षा संवेदनशीलता अवस्थाबारे निरीक्षणपछि केही ठाउँमा लापरबाही गरेको पाइएको जनाएको समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।ब
Read More
करोडौंका उपकरण किन्ने निर्णय गोप्य

करोडौंका उपकरण किन्ने निर्णय गोप्य

काठमाडौं -सरकारले नेपाल प्रहरीसँग भीड नियन्त्रणका लागि पानीको फोहोरा फ्याँक्न प्रयोग गरिने सातवटा वाटर क्यानन हुँदाहुँदै थप एउटा र गोली ताकेर हान्ने तालिमका लागि चाहिने सिमुलटेर पाँचवटा खरिद गर्ने भएको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले यस्तो निर्णय गरेको हो। सरकारले यो निर्णय गोप्य राखेको छ। नेपाल प्रहरीलाई तत्काल आवश्यक नभएका उपकरण किन्दा विरोध हुने भएकाले निर्णय गोप्य राखिएको हो। सरकारका प्रवक्ता अर्थमन्त्री एवं सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले प्रहरीका लागि खरिद गर्न लागिएका यी सामग्रीबारे केही बताएका छैनन्। ‘हाल आवश्यक नरहेको सामग्री खरिद गर्ने निर्णय सार्वजनिक हँुदा सरकारको विरोध हुनसक्ने भन्दै गोप्य राखिएको हो’, गृह मन्त्रालय स्रोतले भन्यो। नेपाल प्रहरीले…
Read More
कोरोनाबाट मृत्यु भएका प्रहरीका परिवारलाई एक करोड दिने सरकारको घाेषणा

कोरोनाबाट मृत्यु भएका प्रहरीका परिवारलाई एक करोड दिने सरकारको घाेषणा

एजेन्सी। भारतको नयाँ दिल्ली प्रदेशले कोरोना भाइरसविरुद्ध काम गरिरहेका समय मृत्यु भएका प्रहरीको परिवारलाई एक करोड क्षतिपुर्ति दिने घोषणा गरेको छ। केन्द्रीय राजधानी समेत रहेको प्रदेश सरकारले कोरोना विरुद्धको लडार्इँका क्रममा निधन भएका अमितको परिवारलाई एक करोड क्षतिपुर्ति दिने घोषणा गरेको हो। नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सामाजिक सञ्जाल ट्वीटरमा अमितले आफ्नो जीवनको समेत प्रवाह नगरी निरन्तर कोरोना विरुद्धको लडाईमा सक्रिय भएको उल्लेख गरेका छन्। मुख्यमन्त्री केजरीवालले उनको योगदान र लगावको उच्च मुल्याङ्कन गर्दै उनको परिवारलाई एक करोड क्षतिपुर्ति प्रदान गर्ने कुरा पनि ट्वीटरमै लेखेका छन्।
Read More
कोरोना उपचारमा संलग्न तीन चिकित्सकले अस्पतालको झ्यालबाट हाम फाले

कोरोना उपचारमा संलग्न तीन चिकित्सकले अस्पतालको झ्यालबाट हाम फाले

एजेन्सी । कोरोनाभाइरस महामारीबाट पीडित बिरामीको उपचारमा संलग्न तीन जना चिकित्सकले अस्पतालका झ्यालबाट हाम फालेको रसियाका संचारमाध्यमहरुले बताएका छन्। ती चिकित्सकमध्ये दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो। विगत दुई साताको अवधिमा भएका यी घटनाहरुको यथार्थ पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेको छ। रसियामा एक दर्जनभन्दा बढी अस्पतालका चिकित्सकहरुले व्यक्तिगत सुरक्षा सामग्रीको अभाव रहेको तथा संक्रमण रोक्ने कार्यविधिमाथि प्रश्न उठाउँदै आएका छन्। चिकित्सकहरुलाई सार्वजनिक रुपमा आफ्ना पीरमर्का भन्न रोक लगाइएको र कुनै चिकित्सकले सरकारी आदेशको बेवास्ता गरे जागिरबाट हटाउने धम्की दिने गरिएको चिकित्सकहरूको भनाइ छ। समाचारहरूमा अस्पतालका झ्यालबाट हामफाल्ने चिकित्सकमध्ये दुई जनाले कार्यस्थलका विषयमा विमती राखेका थिए…
Read More
अमेरिकामा चिनियाँ वैज्ञानिकको हत्या

अमेरिकामा चिनियाँ वैज्ञानिकको हत्या

एजेन्सी। कोरोना भाइरस माथि अनुसन्धान गरिरहेका एक चिनियाँ मूलका वैज्ञानिकको अमेरिकामा हत्या भएको छ । अमेरिकाको पिट्सबर्ग विश्वविद्यालयमा पढाउने एक चिनियाँ वैज्ञानिकको गोली प्रहार गरेर हत्या गरिएको हाे । ती ३७ वर्षीय अनुसन्धानकर्ताको नाम विहग ली को । उनी शनिवार आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए । उनी युनिभर्सिटी अफ पिटर वर्गको स्कुल अफ मेडिसिनमा असिस्टेन्ट प्रोफेसरका रूपमा कार्यरत थिए । उनले कोभिड–१९ को अनुसन्धानको क्रममा निकै महत्त्वपूर्ण तथ्य पत्ता लगाउनै लागेका बेलामा गोली हानेर हत्या गरिएको हो । बिङ लिउ नामक ती रिसर्च असिस्टेन्ट प्रोफेसरलाई शनिबार उनकै सहरमा टाउको, घाँटी, कम्मर र हातमा गोली हानिएको प्रहरी विभागले जानकारी…
Read More
बलिउड अभिनेत्री आसिनले किन छाडिन् फिल्मी करियर?

बलिउड अभिनेत्री आसिनले किन छाडिन् फिल्मी करियर?

मुम्बई । बलिउड अभिनेत्री आसिन थोटुम्मकलले फिल्मी करियर छाेडेकी छिन्। उनले सन् २००८ मा आमिर खानसँग फिल्म ‘गजिनी’ बलिउड डेब्यु गरेकी थिइन्। सन् २००८ मा दक्षिण भारतीय फिल्म ‘गजनी’ को रिमेक बन्दा आसिन पनि शीर्ष भूमिकामा अनुबन्ध भइन् । साउथ फिल्ममा सूर्य थिए भने बलिउड फिल्म ‘गजनी’ मा आमिर खान थिए । यो फिल्म सुपरहिट भएपछि आसिनलाई कैयन् फिल्मबाट अफर आए । सन् २००९ मा उनको दोस्रो फिल्म ‘लण्डन ड्रिम्स’ रिलिज भयो । भलै यो फिल्मले बक्स अफिस सफलता हात पार्न सकेन । अजय देवगन १० वर्षपछि फिल्ममा आउँदै थिए । तर, यो फ्याक्टरले पनि फिल्म हिट बनाउन सकेन ।…
Read More
स्थायी कमिटी सदस्यहरू प्रचण्डलाई भेटेर बुझाए ६ वटा एजेण्डा

स्थायी कमिटी सदस्यहरू प्रचण्डलाई भेटेर बुझाए ६ वटा एजेण्डा

काठमाडाैँ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका असन्तुष्ट स्थायी कमिटी सदस्यले आज साँझ कार्यकारी अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । बिहीबार दिउँसो पार्टी कार्यालयमा भेला भएका १८ जना स्थायी कमिटी सदस्यले साँझ खुमलटार गएर प्रचण्डलााई छिटो भन्दा छिटो स्थायी कमिटी बैठक राख्न माग गरेको १ स्थायी कमिटी सदस्यले बताए । बिहीबार भएको भेलाले स्थायी कमिटीका एजेण्डा पनि तय गरेको खुमलटार पुगेका १ स्थायी कमिटी सदस्यले बताए । उनले भने, ‘बिहीबारको भेलाले स्थायी कमिटीका बैठकका एजेण्डा पनि तय गरेका छन्, जुन एजेण्डा हामीले अध्यक्ष कमरेडलाई बुझाएका छौँ ।’ प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर बैठक छिट्टैै बोलाउने आश्वासन दिएको…
Read More
‘लकडाउनले संक्रमणलाई धकेल्यो, रोकेन’

‘लकडाउनले संक्रमणलाई धकेल्यो, रोकेन’

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विस्तार बढ्दो भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले डेढ महिनादेखि जारी लकडाउनले मुलुकमा संक्रमणको विस्तारलाई पछाडि धकेले पनि रोक्न भने नसकेको औंल्याएका छन् । लकडाउनले संक्रमणको गति कम गरेर योसँग जुध्न आवश्यक तयारीका लागि समय दिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले बताए । दुबईबाट फर्किएका कैलालीका एक युवकमा संक्रमण पुष्टि भएकोमा पछि कुनै ट्राभल हिस्ट्री नरहेकी उनकी ३४ वर्षीया भाउजूमा समेत संक्रमण देखिएपछि चिन्ता थपिएको थियो । माघ ९ मा कोभिड–१९ को पहिलो केस देखिएकोमा बिहीबारसम्म (१०६ दिन) मा ९९…
Read More
पाेखरामा तिम्ल्याहा बच्चाकाे जन्म

पाेखरामा तिम्ल्याहा बच्चाकाे जन्म

कास्की । पोखरा नगरपालिका–१७ की सपना भण्डारीले तिम्ल्याहा बच्चा जन्माएकी छिन् । सपनाले मणिपाल शिक्षण अस्पतालमा तिम्ल्याहा सन्तान जन्माएकी हुन् । बुधबार बेलुका सपनालाई ब्यथा लागेपछि मणिपाल शिक्षण अस्पताल भर्ना गरिएको थियो । बिहीबार बिहान डाक्टरले सपनाको शल्यक्रिया गरेर बच्चहरु निकालेका हुन् । ७ महिनामै जन्मिएका तीनै जना सन्तान र सपनाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले जनाए । सपनाले २ छोरा र १ छोरीलाई जन्म दिएकी हुन् । पहिलो बच्चाको रुपमा जन्मिएकी छोरी १.३ केजी तौलकी छन् । दोस्रो र तेस्रो बच्चा समान १.२ केजी तौलका भएको अस्पतालले जनाएको छ । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. महेन्द्र पाण्डे र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.