बलिउड अभिनेत्री आसिनले किन छाडिन् फिल्मी करियर?

मुम्बई । बलिउड अभिनेत्री आसिन थोटुम्मकलले फिल्मी करियर छाेडेकी छिन्। उनले सन् २००८ मा आमिर खानसँग फिल्म ‘गजिनी’ बलिउड डेब्यु गरेकी थिइन्। सन् २००८ मा दक्षिण भारतीय फिल्म ‘गजनी’ को रिमेक बन्दा आसिन पनि शीर्ष भूमिकामा अनुबन्ध भइन् । साउथ फिल्ममा सूर्य थिए भने बलिउड फिल्म ‘गजनी’ मा आमिर खान थिए ।

यो फिल्म सुपरहिट भएपछि आसिनलाई कैयन् फिल्मबाट अफर आए । सन् २००९ मा उनको दोस्रो फिल्म ‘लण्डन ड्रिम्स’ रिलिज भयो । भलै यो फिल्मले बक्स अफिस सफलता हात पार्न सकेन । अजय देवगन १० वर्षपछि फिल्ममा आउँदै थिए । तर, यो फ्याक्टरले पनि फिल्म हिट बनाउन सकेन ।

आसिनले अर्को फिल्म सलमान खानसँग गरिन् । उनलाई सलमान खानका साथ फिल्म ‘रेडी’ मा देखियो । फिल्मले एक सय करोड कमाइ गर्‍यो । यो समयसम्म आसिनलाई थुप्रै फिल्मबाट अफर आएको थियो तर उनी चुजी रहिन् ।

उनले वर्षमा एक मात्र फिल्ममा अभिनय गरिन् । ‘रेडी’ पछि उनले ‘हाउसफूल २’ मा काम गरिन् ।सन् २०१२ मा आसिनका लगातार तीन फिल्म रिलिज भए । हाउसफूल २, बोल बच्चन र खेलाडी ७८६ एकै वर्ष रिलिज भएका थिए । यी दिनै फिल्मले राम्रो कमाइ गरे ।

आमिर, सलमान र अक्षयसँग काम गरेकी यी अभिनेत्री त्यसपछि भने बलिउडबाट टाढा रहिन् । आफ्नो करिअरले उचाइ लिँदै गर्दा उनले माइक्रोम्याक्सका सीइओ राहुल शर्मासँग बिहे गरिन्। बिहेपछि आसिनले आफ्नो करिअरलाई नै अलविदा गरिन् ।

यद्यपि आसिनले सामाजिक सञ्जाल इन्स्टाग्राममा भने तस्वीरहरु अपलोड गरिरहेकी हुन्छिन् । उनी पछिल्लो समय निर्देशक ‘अल इज वेल’ मा देखिएकी थिइन् । यो फिल्म असफल भएपछि उनले बलिउडका फिल्ममा काम गरिनन् । न त उनले दक्षिण भारतीय फिल्म नै साइन गरिन् ।

आमिर खान र सलमान खानसँग डेब्यु गरेका नायिकाहरु बलिउडमा उत्कृष्ट अभिनेत्रीको सूचीमा अटाउँछन् । बलिउडमा जम्नका लागि नायिकाहरु कडा मेहनत गर्छन् । तर, यी अभिनेत्रीले भने बलिउडका ७ वटा फिल्ममा अभिनय गरेपछि ब्रेक लिइन् ।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.