विश्वका लोकप्रिय गायिकाको सूचीमा नेहा कक्कड दोस्रोमा

एजेन्सी। बलिउड गायिका नेहा कक्कड विश्वमा सर्वाधिक खोजिने गायिकाको सूचीमा दोस्रो स्थान ओगट्न सफल भएकी छिन्। नेहा दुनियाँभरमा युट्युबमा सबैभन्दा धेरै सर्च गरिने फिमेल आर्टिस्टमा दोस्रो नम्बरमा परेकी हुन्। यसको जानकारी उनले इन्स्टाग्राममार्फत दिँदै फ्यानलाई धन्यवाद भनेकी छिन्।

कलाकारको सूचीमा नेहाभन्दा अगाडि पहिलो स्थानमा अमेरिकन र्‍यापर कार्डी बी मात्र छिन्। यो सूचीमा अन्य भारतीय महिला कलाकार परेका छैनन्।

हालै भएको सर्वेक्षणअनुसार कार्डी बीलाई कुल ४ दशमलव ८ बिलियन दर्शकले युट्युबमा सर्च गरेका छन्। त्यसैगरी नेहा कक्कडलाई ४ दशमलव ५ बिलियन दर्शकले खोजेका छन्। यो सर्वेक्षणमा नेहाले विश्व चर्चित थुप्रै ठूला हस्तीलाई उछिनेकी छिन्।

नेहाले कोलम्बियन सिंगर करोल जी, साउथ कोरियन गर्ल ग्रुप ब्ल्याकपिंक, अमेरिकन सिंगर अरिना ग्राण्डी, ब्राजिलियन सिंगर मरिलिया मेन्डोन्का लगायत ठूला स्टारलाई पछाडि पारेकी हुन्।

नेहा इण्डियन आइडल सिजन ६ मा प्रतियोगीको रुपमा उदाएकी कलाकार हुन्। आज उनी इण्डियन आइडलकी जज छिन्। उनका थुप्रै गीत चर्चित छन्।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.