Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
काठमाडौं । काठमाडौं उपत्यकामा तरकारी बजार, सार्वजनिक खाना खुवाउने स्थान, पत्रिका वितरणबाट कोरोना संक्रमण हुन सक्ने सम्भावना उच्च पाइएको छ ।
सरोकारवाला निकायको लापरबाही तथा प्रहरीको नजरअन्दाजका कारण यी क्षेत्र संक्रमणको जोखिममा रहेको देखिएको हो ।
विभिन्न संघसंस्थाले वितरण गर्ने खानामा सुरक्षा उपकरण अबलम्बन नगरी वितरण गरिएको, ठूला तरकारी बजारमा भीडभाड तथा सुरक्षा अबलम्बन नगरिएको, पुरानो बसपार्क, बसन्तपुर, तिलगंगालगायत क्षेत्रमा सयौं मानिस दुरी कायम नगरी बसिरहेका छन् ।
जिल्ला प्रशासन कार्यालयले बिहीबार गरिब, विपन्नलगायतलाई संघसंस्थाले वितरण गर्ने खानामा सुरक्षा संवेदनशीलता अवस्थाबारे निरीक्षणपछि केही ठाउँमा लापरबाही गरेको पाइएको जनाएको समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।ब




Facebook Comments