माओवादीमा ‘टिके प्रथा’ खारेज गर्ने अध्यक्ष प्रचण्डको प्रस्ताव

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विधान अधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका कमिटी प्रत्यक्ष निर्वाचनबाट गर्ने प्रस्ताव पेश गरेका छन् ।

काठमाडौंको कमलादीमा मंगलवारबाट शुरू भएको विधान अधिवेशनमा अध्यक्ष प्रचण्डले मस्यौदा पेश गर्दै पार्टीका कमिटीहरू प्रत्यक्ष निर्वाचनबाट गर्न प्रस्ताव गरेका हुन् ।

प्रस्तावित प्रावधान जस्ताको त्यस्तै पारित भएमा माओवादीमा ‘टिके प्रथा’को अन्त्य हुनेछ।

स्थानीय तहदेखि केन्द्रीय कमिटीसम्मको पार्टीका संरचनामा चुनाव हुनुपर्ने माग भएकोले यस विषयलाई हलले नै टुंग्याउने उनले बताए ।

प्रचण्डले प्रस्ताव पेश गरेपछि छलफलका लागि २० वटा समूह गठन गरिएको छ ।

Facebook Comments