करोडौंका उपकरण किन्ने निर्णय गोप्य

काठमाडौं -सरकारले नेपाल प्रहरीसँग भीड नियन्त्रणका लागि पानीको फोहोरा फ्याँक्न प्रयोग गरिने सातवटा वाटर क्यानन हुँदाहुँदै थप एउटा र गोली ताकेर हान्ने तालिमका लागि चाहिने सिमुलटेर पाँचवटा खरिद गर्ने भएको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले यस्तो निर्णय गरेको हो।

सरकारले यो निर्णय गोप्य राखेको छ। नेपाल प्रहरीलाई तत्काल आवश्यक नभएका उपकरण किन्दा विरोध हुने भएकाले निर्णय गोप्य राखिएको हो। सरकारका प्रवक्ता अर्थमन्त्री एवं सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले प्रहरीका लागि खरिद गर्न लागिएका यी सामग्रीबारे केही बताएका छैनन्। ‘हाल आवश्यक नरहेको सामग्री खरिद गर्ने निर्णय सार्वजनिक हँुदा सरकारको विरोध हुनसक्ने भन्दै गोप्य राखिएको हो’, गृह मन्त्रालय स्रोतले भन्यो।

नेपाल प्रहरीले चार वर्षदेखि आवश्यक हतियार किन्न सकेको छैन। हतियार किन्न नसकेका बेला तत्काल नभए पनि हुने वाटर क्यानन र सिमुलेटर किन्ने निर्णयमा पुग्न प्रधानमन्त्री र गृहमन्त्रीलाई कसले उक्सायोे भन्ने प्रश्न उठेको छ। पाँचवटा सिमुलेटर र एउटा वाटर क्यानन किन्ने निर्णय गोप्य राखिएको छ।

गृहमन्त्री रामबहादुर थापाले प्रहरीका लागि थप एउटा वाटर क्यानन र पाँचवटा सिमुलेटर खरिद गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा राखेका थिए। नेपाल प्रहरीसँग हाल सातवटा वाटर क्यानन छन्। गत वर्ष मात्रै पाँचवटा वाटर क्यानन किनिएको थियो। कोरोना संकटका बेला थप वाटर क्यानन आवश्यक नभए पनि किन्ने निर्णय गरिएको स्रोतको दाबी छ। विभिन्न मन्त्रालयबाट अघि बढाइएका खरिद प्रक्रिया रोकेको सरकारले प्रहरीलाई तत्काल आवश्यक नरहेको वाटर क्यान किन्ने निर्णय गरेपछि यसमा चलखेल भएको आशंका गरिएको स्रोतले बतायो।

नेपाल प्रहरीले चार वर्षदेखि आवश्यक हतियार किन्न सकेको छैन। आवश्यक हतियार खरिद गर्न नसकेका बेला तत्काल नभए पनि हुने सिमुलेटर र वाटर क्यानन किन्ने निर्णयमा पुग्न प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री थापालाई कसले उक्सायोे भन्ने प्रश्न उठेको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एउटा वाटर क्याननको मूल्य चार करोड रुपैयाँभन्दा बढी पर्छ। स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रहरीले जुलुस, भीड नियन्त्रणमा लिन सुरुमा पानीको फोहोरा हान्नुपर्छ।

सोही अनुरुप भीड तितरबितर पार्न वाटर क्यानन प्रयोग हुँदै आएको छ। अश्रुग्यास प्रहार गर्दा मानिस घाइते र बिरामी हुन सक्ने भएकाले भीड नियन्त्रणमा वाटर क्यानन प्रयोगलाई राम्रो मानिन्छ। यसले निश्चित क्षेत्रमा तीव्र गतिमा पानी फ्याँक्ने गर्छ। वाटर क्यानन पहिलो पटक सन् १९३० मा जर्मनीमा दंगा नियन्त्रणका लागि प्रयोग भएको थियो। त्यसयता विश्वका विभिन्न देशका प्रहरी संगठनले यसको प्रयोग गर्दै आएका छन्।

सिमुलेटर गोली ताकेर हान्ने तालिमका लागि आवश्यक पर्ने उपकरण हो। यस बाट ठीक ठाउँमा गोली प्रहार गर्ने तरिकाबारे जानकारी लिन सकिन्छ।

गृह मन्त्रालय स्रोतका अनुसार एउटा वाटर क्यानन र पाँच थान सिमुलेटर खरिद मन्त्रिपरिषद्मा प्रस्ताव लगिएको थियो। लकडाउनकै बेला सरकारले नेपाल प्रहरीलाई सूचना प्रविधिसम्बन्धी सामान पनि खरिद गर्न अनुमति दिएको छ। ‘केही मन्त्रालयको खरिद प्रक्रिया रोकेको सरकारले प्रहरीका लागि तत्काल आवश्यक नभएका उपकरण किन्ने विवादित निर्णय किन ग¥यो भन्नेबारे बुझ्न सकिएन।

नेपाल प्रहरीलाई अहिले आवश्यक छैन’, प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने।

मन्त्रिपरिषद्ले राहदानीसम्बन्धी नियमावली, २०७७ स्वीकृत गरेको छ। त्यस्तै भुटानी शरणार्थी शिविरमा रहेका विद्यार्थीलाई परेको अप्ठेरो फुकाउँदै शिक्षाको उचित प्रबन्ध मिलाउने निर्णय पनि बैठकले गरेको छ। त्यसैगरी फौजदारी कसुरपीडित राहत कोष स्थापना गर्ने निर्णय पनि सरकारले गरेको छ।नागरिक दैनिकमा खबर छ।

ताजा अपडेट

भारतमा कोरोना संक्रमित संख्या तीन करोड नाघ्यो

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या तीन करोड नाघेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म कोरोनाबाट...

संवैधानिक इजलासमा बहस–देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुनुपर्छ

काठमाडौं । अधिवक्ता खम्बबहादुर खातीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभा विघटनविरद्धको रिट निवेदनमाथि बुधबारको...

कुन व्यवसायले कर तिर्नु पर्दैन, कुनलाई कर छुट ?

काठमाडौं । तपाईं व्यवसाय गर्दै हुनुहुन्छ वा गरिरहनु भएको छ भने तपाईंले सो व्यवसाय गर्दा राज्यलाई कति कर तिर्नुपर्छ भन्ने जानकारी हुनु आवश्यक छ...

के छ आजको विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११९ रुपैयाँ...

घट्यो सुनको मूल्य

काठमाडौं । मंगलबार प्रतितोला ६०० रुपैयाँले बढेको सुनको भाउ बुधबार पुनः ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला...

युरोकपमा आज राति चार खेल हुने

एजेन्सी । युरोकपअन्तर्गत समूह चरणका खेल आज सकिँदै छन्। समूह ई र एफको आज चार खेल हुँदै छन्। जुन ११ देखि सुरु भएको समूह...

रेमिट्यान्स कारोबार गर्ने कम्पनीहरुमाथि राष्ट्र बैंकको अंकुश

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कारोबार गर्ने कम्पनीहरूलाई अंकुश लगाएको छ । बैंकले मंगलबार विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय...

प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि निरन्तर सुनुवाई

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा आजबाट निरन्तर सुनुवाई शुरु हुँदै छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहितका ५ न्यायाधीशले जेठ २६ मा आजबाट...

देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । बुधबार दिउँसो सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश नं...

चर्चित