नेपाल सत्य

9638 Posts
पर्यटन बोर्डमा चिनियाँ नागरिकको धर्ना

पर्यटन बोर्डमा चिनियाँ नागरिकको धर्ना

काठमाडौं । काठमाडौंको दरबारमार्गमा बिहीबार अपरान्ह ठुलो संख्यामा चिनियाँ नागरिकको हुल देखियो । करिब ५०/६० जनाको संख्यामा रहेका चिनियाँलाई पछ्याउदैं गर्दा उनीहरु नेपाल पर्यटन बोर्डको कार्यालय पुगेर रोकिए । ‘हामी घर फर्कँन चाहन्छौं’ लेखिएको प्लेकार्डसहित आएका उनीहरु घर फर्कँने मागलाई प्रभावकारी बनाउन पर्यटन बोर्डमा धर्ना दिन आएका थिए । काठमाडौंको ठमेल आसपासमा बसोबास गर्दै आएका उनीहरु लकडाउनका कारण नेपालमा अलपत्र परेको भन्दै सुरक्षित रुपमा घर फर्काँइदिन माग गर्दै आएका छन् । धर्नामा सहभागी एक चिनियाँका अनुसार नेपालमा रहेको चिनियाँ राजदुताबासले गुनासो सुनुवाइ नगरेपछि सामूहिक रुपमा भेला भएर पर्यटन बोर्डमा धर्ना दिएका हुन् । उनले भने, ‘हामी घर फर्किन चाहन्छौं ।…
Read More
लकडाउन आजबाट केही खुकुलो भए पनि यी सेवा क्षेत्र खोल्न नपाइने

लकडाउन आजबाट केही खुकुलो भए पनि यी सेवा क्षेत्र खोल्न नपाइने

काठमाडौं । सरकारले आजबाट लकडाउनलाई केही खुकुलो बनाउँदै सशर्त केही सेवा क्षेत्रहरु खोल्न दिने भएको छ । केही उद्योग प्रतिष्ठान सहित विभिन्न सेवा क्षेत्रलाई सुरक्षा विधि अपनाउदै सञ्चालन गर्न दिइने बताइए पनि केही क्षेत्र अझै पनि खोल्न नपाइने जनाइएको छ । सरकारले विश्वविद्यालय, क्याम्पसलगायत सबै शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, गैरखाद्यवस्तु विक्री विरतण गर्ने व्यवसायिक मलहरु रहेका छन । त्यस्तै होटल, बार, रेष्टुरन्ट स्टोर, सिनेमा हल, धार्मिक संस्था, फन पार्क, पार्टी प्यालेस, सार्वजनिक भेला, रंगशाला, जिमसेन्टर, ब्युटी पार्लर सञ्चालन गर्न नपाइने निर्णय गरेको हो । त्यस्तै, १२ वर्षमुनिका बालबालिका, ७० वर्ष पुगेका ज्येष्ठ नागरिक, गर्भवती महिलाले घुमघाम गर्न पाउने…
Read More
भिसाको म्याद सकिएका विदेशीलाई मलेसिया छाड्न निर्देशन

भिसाको म्याद सकिएका विदेशीलाई मलेसिया छाड्न निर्देशन

क्वालालम्पुर । मलेसियन सरकारले जनवरी १ तारिखयता भिसाको म्याद सकिएका नेपालीसहित सबै विदेशी कामदारलाई आआफ्नो देश फर्किन निर्देशन दिएको छ। मलेसियाको अध्यागमन विभागले जनवरी १ तारिखयता आवासीय भिसा समाप्त भएका आप्रवासी कामदारलाई आवागमन नियन्त्रण आदेश (एमओसी) पनि सकिएको १४ दिनभित्र मलेसिया छाड्‍न भनेको हो। त्यस्ता विदेशी कामदारलाई यही मे १२ तारिखदेखि २६ सम्म आफ्नो देश फर्किसक्न मलेसियन सरकारले निर्देशन दिएको मलेसियामा रहेको नेपाली दूतावासले विज्ञप्तिमा उल्लेख छ। तर यसरी स्वदेश फर्किननेले कुनै जरिवाना तिर्नु पर्दैन भने मलेसियाको अध्यागमन कार्यालयमा थप कागजात वा कुनै पास बनाउनुपर्ने पर्दैन। दूतावासका अनुसार लकडाउन लागू हुनुभन्दा पहिले वा त्यही अवधिमा भिसा सकिएको र नवीकरण गर्नपर्ने…
Read More
भारतमा काेराेनले मृतकाे संख्या कति पुग्याे?

भारतमा काेराेनले मृतकाे संख्या कति पुग्याे?

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या १ हजार ८८९ पुगेको छ । गएको २४ घण्टामा कोरोनाका कारण थप १०४ जनाले ज्यान गुमाएसँगै भारतमा मृतकको संख्या१ हजार ८८९ पुगेको छ । भारतमा एकैदिन थप ३ हजार ३६४ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५६ हजार ३५१ पुगेको छ । भारतमा संक्रमितमध्ये १६ हजार १४२ जना उपचारपछि निको भएका छन्। ३७ हजार ६८६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सार्क मुलुकमा पनि भारत सबैभन्दा भन्दा बढी कोरोना प्रभावित मुलुकको रुपमा देखिएको छ । विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको सूचीमा भारत १४ औं नम्बरमा…
Read More
कोरोना अपडेट : ज्यान गुमाउनेको संख्या २ लाख ७० हजार नाघ्यो, ३९ लाख १२ हजारबढी संक्रमित

कोरोना अपडेट : ज्यान गुमाउनेको संख्या २ लाख ७० हजार नाघ्यो, ३९ लाख १२ हजारबढी संक्रमित

काठमाडौं– विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ७० हजार ३४९ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ५१२ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म ३९ लाख १२ हजार ३२६ जनामा कोरोनाको संक्रमण देखिएको छ । एकैदिन ९४ हजार ९४४ नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये १३ लाख ४० हजार ५६८ जना उपचारपछि निको भएका छन् । बिरामी रहेका २३ लाख १ हजार ४०९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत मध्ये ४८ हजार ९५८ जनाको अवस्था गम्भीर छ । त्यस्तै युरोपियन मुलुकमा कोरोना संक्रमितको संख्या १५…
Read More
कपिलवस्तुमा भेटिएका संक्रमित कहाँबाट आए?

कपिलवस्तुमा भेटिएका संक्रमित कहाँबाट आए?

बुटवल । कपिलबस्तुमा कोरोना संक्रमण पुष्टि भएका दुई जना १० दिन अघि मुम्बइबाट भागेर नेपाल आएको पाइएको छ । बिहीबार कपिलवस्तुको मायादेवी गाउपालिका ८ अर्थात साविक बिजुवा गाउपालिकाका १६ र २२ वर्षका दुई व्यक्तिमा संक्रमण भेटिए पछि सो तथ्य बाहिर आएको हो । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार उनीहरु १० दिनअघि मुम्वईबाट आएका थिए । कपिलवस्तुको नाकाबाट लुकेर नेपाल प्रवेश गरेका थिए । स्थानीयले खबर गरेपछि स्वास्थ्यकर्मीले उनीहरुलाई क्वारेन्टाइनमा ल्याएका थिए । उनीहरु दुवैजना मायादेवी गाउपालिका पकडीस्थित तीर्थादेवि छत्रपाली माविको क्वारेण्टाइनमा बसेका थिए । संक्रमीतलाई बुटवलको रामनगरस्थित धागो कारखानामा प्रदेश ५ सरकार र लुम्बिनी प्रादेशिक अस्पतालले बनाएको कोरोना…
Read More
आजको राशिफल: कस्ताे छ तपाईकाे  भाग्य?

आजको राशिफल: कस्ताे छ तपाईकाे भाग्य?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समय प्रतिकुल भई कुलतमा मन जान सक्छ । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । मतभेदको अवस्थापनि आउला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । आकस्मिक धन लाभ हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रोकिएका धन र कार्यमा विस्तारै सफलता मिल्नेछ । नयाँ कार्यको योजना बन्नसक्छ, तर साँझमा अधिक धन खर्च हुनेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति,…
Read More
नेकपा प्रवक्ताको ट्वीटले उठायो प्रश्न- के नेकपा विभाजनउन्मुख छ ?

नेकपा प्रवक्ताको ट्वीटले उठायो प्रश्न- के नेकपा विभाजनउन्मुख छ ?

काठमाडौँ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र गहिरिदो शक्तिसंघर्ष उत्कर्समा पुगेको संकेत गरेका छन् । स्थायी कमिटी अनिश्चतकालका लागि स्थगित भएको भोलिपल्ट बिहीबार लगातार तीन ट्वीटमार्फत् पार्टी प्रवक्ता श्रेष्ठले नेकपाभित्रको अन्तरविरोध कहाँ पुगेको रहेछ भन्ने सन्देश दिएका छन् । ‘गणेशमानजी र किसुनजीले नेका एक राख्न पार्टी परित्यागसम्म गर्नुभयो । त्यो कदम ठीक थियो कि थिएन, बहस होला । तर, पार्टी बचाउन गरिएको त्यागको उत्कर्ष हो त्यो। हामी पनि हाम्रो पार्टीलाई बचाउन जे गर्न पनि तयार हुनुपर्छ। तर, पार्टीलाई फुटबाट मात्र होइन, बिसर्जनको खतराबाट पनि जोगाउनु पर्छ।’उनले पहिलो ट्विटमा भने । यससँगै उनको अर्को ट्विट पनि आयो, 'अतः नेपाली जनताको भरोसाको…
Read More
कपिलवस्तुका दुई जनामा कोरोना भाइरस पुष्टि, संक्रमितको संख्या १०१ पुग्यो

कपिलवस्तुका दुई जनामा कोरोना भाइरस पुष्टि, संक्रमितको संख्या १०१ पुग्यो

काठमाडौं - नेपालमा थप दुई जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार बिहीवार थप दुई जनामा संक्रमण पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा दुईजना पुरुषमा कोरोना संक्रमणदेखिएको हो। १६ र २२ वर्षीय दुई पुरुषमा कोरोना देखिएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या सय कटेको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।
Read More
झोलुङ्गे पुलमा ताला लगाइएपछि…

झोलुङ्गे पुलमा ताला लगाइएपछि…

बर्दिया । बर्दियाको मधुवन र बारबर्दिया नगरपालिका जोड्ने कुसुम्बा घाटको झोलुङ्गे पुलमा ताला लगाइएपछि तरकारी बिक्री गर्न किसानलाई समस्या भएको छ । मुख्य बाटो बन्द हुँदा बारीमा लटरम्म फलेका भिन्डी, काँक्रो, करेला, बोडीलगायत तरकारी बिक्री गर्न नपाइएको किसानको गुनासो छ । याममा बजारसम्म तरकारी पु¥याउने मुख्य बाटो बन्द भएपछि तरकारी खेतबारीमै कुहिन थालेको छ. । अधिकांश गाउँमा तरकारी लटरम्म फलेका छन् । तरकारी बिक्री हुने हाट बजार पनि बन्द भएको र पुलको वरिपरि जाली बाँधेर ताला लगाइएपछि काँक्रा, फर्सी, बन्दा, काउली आदि टिपेर खेतकै गह्रागह्रामा थुपार्नुपरेको बारबर्दिया –४ का किसान फक्लबहादुर सत्गौलाले बताए। एक बिघा आठ कठ्ठा जमीन भाडामा लिएर…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.