भारतमा काेराेनले मृतकाे संख्या कति पुग्याे?

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या १ हजार ८८९ पुगेको छ । गएको २४ घण्टामा कोरोनाका कारण थप १०४ जनाले ज्यान गुमाएसँगै भारतमा मृतकको संख्या१ हजार ८८९ पुगेको छ ।

भारतमा एकैदिन थप ३ हजार ३६४ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५६ हजार ३५१ पुगेको छ । भारतमा संक्रमितमध्ये १६ हजार १४२ जना उपचारपछि निको भएका छन्। ३७ हजार ६८६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सार्क मुलुकमा पनि भारत सबैभन्दा भन्दा बढी कोरोना प्रभावित मुलुकको रुपमा देखिएको छ । विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको सूचीमा भारत १४ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ ।

एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ । जहाँ ३ हजार ६४१ जनाले ज्यान गुमाएका छन् भने १ लाख ३३ हजार बढी संक्रमित छन् । त्यसैगरी इरानमा ६ हजार ४८६ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १ लाख ३ हजार १३५ पुगेको छ । त्यसैगरी चीनमा ४ हजार ६३३ जनाको मृत्यु भएको छ, संक्रमितको संख्या ८२ हजार ८८५ पुगेको छ ।

Facebook Comments