पर्यटन बोर्डमा चिनियाँ नागरिकको धर्ना

काठमाडौं । काठमाडौंको दरबारमार्गमा बिहीबार अपरान्ह ठुलो संख्यामा चिनियाँ नागरिकको हुल देखियो । करिब ५०/६० जनाको संख्यामा रहेका चिनियाँलाई पछ्याउदैं गर्दा उनीहरु नेपाल पर्यटन बोर्डको कार्यालय पुगेर रोकिए ।

‘हामी घर फर्कँन चाहन्छौं’ लेखिएको प्लेकार्डसहित आएका उनीहरु घर फर्कँने मागलाई प्रभावकारी बनाउन पर्यटन बोर्डमा धर्ना दिन आएका थिए । काठमाडौंको ठमेल आसपासमा बसोबास गर्दै आएका उनीहरु लकडाउनका कारण नेपालमा अलपत्र परेको भन्दै सुरक्षित रुपमा घर फर्काँइदिन माग गर्दै आएका छन् ।

धर्नामा सहभागी एक चिनियाँका अनुसार नेपालमा रहेको चिनियाँ राजदुताबासले गुनासो सुनुवाइ नगरेपछि सामूहिक रुपमा भेला भएर पर्यटन बोर्डमा धर्ना दिएका हुन् । उनले भने, ‘हामी घर फर्किन चाहन्छौं । हामीलाई घर फर्किँने व्यवस्थाका लागि दबाव दिन हामीले धर्ना शुरु गरेका हौं ।’

उनले घर फर्कँना नेपालस्थित चिनियाँ दूतावासमा सम्पर्क गर्दा कुनै पहल नभएपछि धर्ना बाध्यता भएको बताए । उनका अनुसार यहाँ उपस्थित चिनियाँहरु प्रतिनिधि मात्र हुन् । करिब ३/४ सयको संख्यामा रहेको चिनियाँ नागरिक स्वदेश फर्किन चाहन्छन् ।

Facebook Comments