कोरोनाको दोस्रो लहरले सुनसान बन्यो सौराहा


Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

चितवन । कोभिड-१९को पहिलो लहरले थिलोथिलो बनेको सौराहाको पर्यटन क्षेत्र पूर्ववत् अवस्थामा फर्कन नपाउँदै पुनः दोस्रो लहर शुरू भएपछि व्यवसायी निरास छन्। पहिलो लहरको कोरोना घट्दै गएपछि व्यवसाय लयमा फर्किँदै थियो।

क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार कोरोनाको प्रभावलाई व्यवस्थापन गर्दै पूर्ववत् अवस्थामा आएका होटल एकाएक बन्द हुँदा सबैमा निराशा छाएको छ। होटलले बिदामा राखिएका मजदूर फिर्ता बोलाएको, मर्मतसम्भार गरेर होटललाई थप सुविधा सम्पन्न बनाइएको भए पनि कोरोनाको दोस्रो लहरसँगै व्यवसाय ठप्प भएका छन्।

अब समस्या नआउने अनुमानसहित व्यवसायीले ऋण थपेर होटलमा लगानीसमेत बढाएका थिए। अधिकांश होटलले ऋण बढाएर बैंकको व्याज तिरेका हुन्। उनले भने ‘अब साउनसम्म व्यवसाय राम्रो होला भन्ने हाम्रो अपेक्षा थियो।’ सौराहाका होटलमा धेरै व्यवसायिक कार्यक्रमका लागि बुकिङ आएका थिए। तीसँगै आन्तरिक पर्यटकका बुकिङ पनि रद्द भएका छन्।

कोभिडका कारण दैनिक ८० देखि ८५ लाख नोक्सान सौराहामा बेहोर्नुपरेको उनी बताउँछन्‌। अघिल्लो वर्षको चैतदेखि होटल बन्द थिए। यसभन्दा अघिल्लो वर्षमा यतिवेला ८० देखि ८५ प्रतिशत बुकिङ हुने गर्दथ्यो। अहिले पनि ८० प्रतिशतसम्म बुकिङ पुगेकोमा एकाएक कोरोनाको दोस्रो लहर आएपछि होटल व्यवसाय प्रभावित भएको उनको भनाइ छ।

हिजो आजका धेरै कार्यक्रम रद्द भएका छन्। उनले भने ‘मेरै होटलमा आजबाट चार दिनसम्म हुने भनेको कार्यक्रम स्थगित भयो।’ हाल सौराहा सुनसान हुँदै गएको छ। अहिले सौराहामा पाँच प्रतिशत हाराहारी मात्र अकुपेन्सी रहेको छ। ‘अब मजदूरलाई के गर्ने ऋण कसरी तिर्ने सबैको चिन्ता यही छ,’ उनले भने।

युनिक वाइल्ड रिसोर्टमा यही वैशाख १२ गतेदेखि पूर्वनिर्धारित एमआरका दुईवटा कार्यक्रम कोभिडको त्रासले रद्द भयो। रिसोर्टका सञ्चालक गुणराज थपलियाका अनुसार वैशाख ११ र १२ गतेकालागि तय भएको अन्तरराष्ट्रिय क्लबको कार्यशाला पनि रद्द भएको छ। उनले एकाएक कोरोना बढेपछि होटल पूर्ण रुपमा प्रभावित भएको बताए। उनले भने ‘कोरोनाको पहिलो लहरको प्रभाव न्यूनिकरण हुन नपाउँदै दोस्रो देखिएसँगै निराशा पैदा भएको छ।’

सौराहामा पछिल्लो समय वीरगञ्ज, विराटनगर, काठमाडौँलगायतका शहरबाट आएर विवाह गर्ने प्रचलन पनि बढ्दै गएको थियो। कोरोनाको कहरले यसलाई पनि असर गरेको छ। भारतसमेत विवाहका लागि सौराहा आउने क्रम शुरू भएको थियो। जङ्गल क्राउनका सन्तोष गिरीले बुकिङ भएको विवाह पनि स्थगित भएको जानकारी दिए।

क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे पहिलो चरणको कोरोनाको प्रभाव जेनतेन व्यवस्थापन गर्न नपाउँदै अप्ठ्यारो स्थिति आएको गुनासो गर्नुहुन्छ। सबै होटल पूर्ववत् अवस्थामा आएसँगै फेरी कोरोना बढेपछि प्रभावित भएको उनको भनाइ छ। उनले भने ‘सबै बुकिङ रद्द भए। हाम्रो उत्साह हराएर गयो।’ कोभिडको प्रभावसँगै आन्तरिक पर्यटकलाई लक्षित गरी आफूले व्यवसाय पूर्ववत् अवस्थामा पुर्‍याएको बताइएको छ।

व्यवसायीका अनुसार सौराहामा ११५ होटल सञ्चालनमा रहेका छन्। ती होटलमा छ हजारभन्दा बढी बस्न सक्ने क्षमता रहेको छ। सौराहाको पर्यटन व्यवसायमा मात्र ३३ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको व्यवसायी बताउँछन्‌। यहाँ पाँच हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। कोरोनाले होटल व्यवसायमा पार्ने प्रभावसँगै यसको लगानीको जोखिम र यसमा आश्रितको रोजगारीको समस्यासमेत हुने उनी बताउँछन्‌।

​कोरोनाको प्रभाव बढेसँगै सांस्कृतिक घर बन्द गरिएको छ। अन्य गतिविधि पनि क्रमश प्रभावित हुँदै गएका छन्। मुख्यरुपमा चितवन राष्ट्रिय निकुञ्जमा वन, वन्यजन्तु र चराचुरुङ्गीसँग रमाउन स्वदेशी र विदेशी पर्यटक यहाँ आउने गर्दछन्। रासस

Facebook Comments


Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167