माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैं

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बस्न लागेको जाइएको छ ।

आज पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे स्थायी कमिटी बैठक बोलाइएको एक नेताले जानकारी दिएका हुन् ।

सरकारविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतले ल्याउन लागेको अविश्वास प्रस्तावबारे छलफल गर्ने तयारी रहेको माओवादी केन्द्र स्रोतले जनाएको छ ।

आज नै जनता समाजवादी पार्टीले पनि अविश्वास प्रस्तावबारे छलफल गर्न बैठक राखेको थियो ।

Facebook Comments