लकडाउन उल्लंघन गर्ने १८ सय २१ जना नियन्त्रणमा
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट लकडाउन उल्लंघन गर्ने १ हजार ८२१ जनालाई नियन्त्रणमा लिएको छ। सरकारले कोरोना भाइरसको जोखिम रोक्न लागू गरेको लकडाउनको अटेरी गरी सडकमा निस्किनेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौंमा सबैभन्दा बढी एक हजार ५६५, ललितपुरमा २३८ जना र भक्तपुरमा १८ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताए। यसैगरी आज दिनभर ४८० दुई पाङ्ग्रे र ५० वटा चारपाङ्ग्रे गरी ५ ३० वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।कोभिड-१९ जोखिम बढ्न थालेपछि सरकारले गत चैत ११ गते देखि लकडाउनलाई निरन्तरता दिएको छ । लकडाउन अवधि पछिल्लो पटक थपेर ५ जेठसम्म…
