मंसिर ४ मा भएको सहमतिअनुसार अघि बढ्ने ओली-प्रचण्डको निष्कर्ष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंसिर ४ गते भएको सहमतिअनुसार अघि बढ्ने गरी समझदारी गरेका छन्। बालुवाटार स्राेतका अनुसार ओली र प्रचण्डबीच सरकार र पार्टी सञ्चालनमा परामर्श गरेर जाने सहमति भएकाे हो।

शनिवार सचिवालय बैठक बस्नुअघि प्रचण्ड र ओलीबीचको भेटमा यसअघि भएको कार्यविभाजनलाई पालना गर्ने सहमति भएको थियो। उक्त समझदारीलाई सचिवालय बैठकबाट थप प्रतिवद्धता जनाउँदै स्थायी समितिबाट पनि अनुमोदन गर्ने सहमति दुई नेताबीच भएको छ।

मुख्यत: मंसिर ४ गतेको सम्झौता पालना गर्ने र सरकार र पार्टी सञ्चालन परामर्शमा गर्ने समझदारी बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सोमवार प्रधानमन्त्री निवास बालुवाटरमा भएको दुवै जनाबीच वार्ता भएकाे हाे।

पछिल्लोपटक ओली एकलौटी ढंगले अघि बढेको भन्दै प्रचण्डले असन्तुष्टि व्यक्त गर्दै आएका छन्।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.