कोरोनाः मानवीय संकट र विश्वास
तारणी पोख्रेल एडेलेइड इटालीको उत्तरी क्षेत्र पीडमन्टबाट हुन्, जो मेरै विश्वविद्यालयमा मानव अधिकार र बहुसंस्कृतिवादको दोस्रो सेमेष्टरमा अध्ययन गरिरहेकी छिन्। इटाली भन्ने बित्तिकै कोरोना भाईरस (कोभिड –१९) माहामारीको यूरोप केन्द्रबिन्दु, जहाँ दैनिक हजारौंको संख्यामा नयाँ संक्रमितहरु थपिदै छन् र सयौं मानिसहरु मरिरहेका छन्। हुन पनि, आजको इटाली अब हिजोको जस्तो नै पो कहाँ छ र। कताको हरदम पर्यटकको भिडले थामि नसक्ने ऐतिहासिक सभ्यता र संस्कृतिको धनी देश, कता अहिलेका कहालिलाग्दा सुनसान चोक, गल्ली र सडकहरु। रोगी र अशक्तहरुले भरिभराउ अस्पतालहरु। दैनिक आइरहने हृदय विदारक समाचारहरु। तै पनि, सँधैजसो हाँसिरहने, सबैसँग बोलिरहने एडेलेइडमा पहिले र अहिलेमा म खास भिन्नता पाउँदिन। उनी…
