एटीएम बुथ फुटाएर पैसा चोरी गर्न खोज्ने १ जना पक्राउ
धनगढी । कैलाली प्रहरीले बैंकको एटीएम बुथ फुटाएर पैसा चोरी गर्न खोज्ने १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको थलारा गाउँपालिका वडा नम्बर १ मालुमेला घर भइ कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटैना बस्दै आएका २२ वर्षीय सुनिल खड्का छन् । एनआईसी एसिया बैंकको एटीएम बुथमा तोडफोड भएको हाे । बुथमा रहेको सीसीटीभी क्यामेराले क्याप्चर गरेको फुटेज अध्ययन गर्ने क्रममा पैसा लुट्ने उद्देश्यले कसैले एटीएममा तोडफोड गरेको देखियो । सीसीटीभी फुटेजकै आधारमा गरिएको अनुसन्धानका क्रममा प्रहरीले एटीएम तोडफोड गर्ने कार्यमा संलग्न खड्कालाई पक्राउ गरेको हो । खड्कालाई सोमबार कञ्चनपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । प्रहरीका…
