नेपाल सत्य

9638 Posts
अब चट्याङ पर्ने क्षेत्र र समयको पनि पूर्वानुमान हुने

अब चट्याङ पर्ने क्षेत्र र समयको पनि पूर्वानुमान हुने

काठमाडाैँ। ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले अब मौसम (वर्षा)को जस्तै चट्याङको पनि पूर्वानुमान गर्ने भएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आगामी वर्षातदेखि नै चट्याङको पूर्वामानुमान गर्ने गरी तयारी भइरहेको जानकारी दिए । विभागले हाल वर्षा, हावाहुरी, बाढी तथा पहिरो आउने स्थान र समयको पूर्वानुमान गर्दै आएको छ । समयमै सही सूचना प्रवाह गर्न सके चट्याङबाट हुने मानवीय क्षति कम गराउन सकिने भएकाले त्यसका लागि काम भइरहेको मन्त्री पुनले बताए । ‘चट्याङबाट हरेक वर्ष १ सय भन्दा बढीको मृत्यु हुने गरेको तथ्याङ्क छ’, सम्बद्ध पक्षसँग मंगलबार मन्त्रालयमा भएको छलफलमा मन्त्री पुनले भने, ‘समयमै…
Read More
‘अब पास लिएका गाडीसमेत उपत्यका प्रवेश गर्न नपाउने’

‘अब पास लिएका गाडीसमेत उपत्यका प्रवेश गर्न नपाउने’

काठमाडौं । सवारी पास बनाइहालेँ, अब ढुक्कसँग उपत्यका जान्छु भनेर तपाईंले धारणा बनाउनुभएको छ ? या त अब सवारी पास बनाइएर उपत्यका जान्छु भन्ने सोच छ । याद गर्नुहोस् ! पास बनाउँदैमा अब उपत्यका छिर्न पाउनुहुन्न । नागढुङ्गा, फरपिङ, मुड्खु, जगाती, जरसिङपौवा या अर्को कुनै नाकाबाटै फर्कनु पर्ने पनि हुनसक्छ । दुःख मात्रै पाउन सक्ने भएकाले बेलैमा ध्यान पुर्‍याउनुहोला ? दैनिक उपभोग्य सामग्री र स्वास्थ्य उपचारसम्बन्धी जोडिएका सवारीबाहेक अब उपत्यकामा ‘नो इन्ट्री’ गरिएको छ । यसअघि पास बनाएपछि निर्वाधरुपमा सवारी भित्रने गरेको थियो । अब भने पासबाहक गाडीलाई समेत धमाधम फर्काउन थालिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी…
Read More
लकडाउन थप गर्न उच्चस्तरीय समितिको सिफारिस

लकडाउन थप गर्न उच्चस्तरीय समितिको सिफारिस

काठमाडौं । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन थप गर्न सिफारिस गरेको छ । समितिको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जारी लकडाउनलाई यही रुपमा थप्न सरकारलाई सिफारिस गरेको हो । संक्रमणको जोखिम अझै नसकिएको र नियन्त्रणका लागि सरकारले लिएको लकडाउनको नीति ठीक भएको निष्कर्ष निकाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीसहित बसेको बैठकले अत्यावश्यक सेवा संचालन गर्ने गरी लकडाउन थप गर्नु पर्ने सुझाव दिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले भने–‘लकडाउन जस्तो छ त्यही रुपमा थपिन्छ । केकति दिन थप्ने भन्ने र अरु कुराहरु भोली बस्ने मन्त्रिपरिषद् बैठकले टुंगो लगाउँछ ।’ यसको विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।…
Read More
‘परीक्षण नबढाए लकडाउनको अर्थ छैन’

‘परीक्षण नबढाए लकडाउनको अर्थ छैन’

काठमाडौँ । भारतले लकडाउनको अवधि १५ दिन थपेसँगै नेपालमा पनि अहिलेकै जसरी लकडाउन थपिने वा स्वरूप परिवर्तन गरेर थप्ने भन्ने प्रश्न उब्जिएको छ । ह्याम्स अस्पतालमा कार्यरत डाक्टर किरण पाण्डे, संक्रामक रोग विशेषज्ञ अनुप सुवेदी, डाक्टर भगवान कोइराला तथा गणितज्ञ विशेष खनालले जारी महामारी र लकडाउनका सम्बन्धमा केन्द्रित रहेर अनुसन्धान प्रतिवेदन (प्रि–प्रिन्ट) तयार पारेका छन् । ‘हामीले गरेको अंकगणितीय जोड–घटाउलाई मान्ने हो भने अरू केही कार्य नगरी एक महिना लकडाउन गर्ने हो भने अस्पतालहरूमा आउने चापलाई ३६ दिन पर धकेल्न सकिने रहेछ,’ जर्नल सहलेखन गरेका डा. सुवेदीले भने, ‘यस्तै दुई महिना लकडाउन गर्ने हो भने ७४ दिन पछि धकेल्न सकिने…
Read More
काेराेनाकाे कहर: संक्रमितको विवरण नखुल्दा कन्ट्याक्ट ट्रेसिङमा समस्या

काेराेनाकाे कहर: संक्रमितको विवरण नखुल्दा कन्ट्याक्ट ट्रेसिङमा समस्या

नेपालगन्ज । नेपालगन्जमा कोभिड–१९ संक्रमण फैलिन नदिन र संक्रमित व्यक्तिसँग सम्पर्क/भेटघाट भएका व्यक्तिको खोजीलाई सहज बनाउन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासनमा सोमबार भएको सर्वदलीय र सर्वपक्षीय बैठकको सुझावपछि मंगलबार ११ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो । आइतबार एकै दिन १५ जनामा संक्रमण पुष्टि भएपछि कति जनाको पीसीआर परीक्षण गर्ने भन्ने अन्योल बढेपछि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । ‘निषेधाज्ञाले कन्ट्याक्ट ट्रेसिङ सजिलो हुन सक्छ,’ उनले भने । धेरै जनामा संक्रमण देखिएपछि लकडाउन कडा हुने अनुमानमा सोमबार बिहान बजारमा किनमेल गर्नेको भीड लागेको थियो । सर्वसाधारणले सामाजिक दूरीसमेत कायम गरेका थिएनन् ।…
Read More
‘लकडाउन’ काे मोडालिटी बनाउने जिम्मा तीन मन्त्रालयलाई

‘लकडाउन’ काे मोडालिटी बनाउने जिम्मा तीन मन्त्रालयलाई

काठमाडौं । सरकारले गत चैत ११ यता जारी लकडाउन ठाँउ विशेषलाई आधार बनाएर केही लचिलो बनाउने संकेत गरेको छ। कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले लकडाउनले पारेको आर्थिक प्रभाव र कोरोनाको सम्भावित अवस्थालाई मध्यनजर गर्दै नयाँ मोडालिटीका विषयमा छलफल गरेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले दिए। छलफल जारी रहेको र मंगलबार पुनः छलफल गरी अबको लकडाउनको मोडालिटीको स्वरुपको मस्यौदा तयार पार्ने र त्यसलाई मन्त्रिपरिषद् बैठकमा लगेर निर्णयमा पुगिने विडारीले बताए। ‘कोरोना संक्रमणको परीक्षण उल्लेख्य मात्रामा भइरहेको छ। यद्यपी, तराईका केही क्षेत्रमा संक्रमितको संख्या बढेको छ। लकडाउनपछिको आर्थिक अवस्थालाई पनि हेर्ने र रोगलाई पनि…
Read More
दुई महिनाअघिको मासु फेला परेपछि पसलमा छापा

दुई महिनाअघिको मासु फेला परेपछि पसलमा छापा

डोल्पा । डोल्पाको एक मासु पसलमा जिल्ला प्रशासन कार्यालयले छापा हानेको छ। प्रमुख जिल्ला अधिकारी सुरेश सुनार आफैले मासु पसलमा छापा मारेर महिनौं दिन पहिलाको बोइलर कुखुराको मासु नष्ट गरेका छन्। ठुलीभेरी नगरपालिका-३ पर्ने जिल्ला सदरमुकाम दुनैको बजारमा मासु बेच्दै आएका पिन्टु गुप्ताको पसलमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले अनुगमन गरि मासुको फ्रिज सिल गरेका हुन्। चैत्रको पहिलो साता नेपालगञ्जबाट जहाजमा ल्याएको बोइलर कुखुराको मासु फ्रिजमा राखेर लुकाई छिपाइ बिक्रि गरेको भन्ने सूचनाका आधारमा प्रहरीको टोली लगेर मासु पसल शिल गरेको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए। प्रजिअ सुनारका अनुसार पिन्टु गुप्ता भागेको तर उनको मासु बिक्रि गर्ने…
Read More
संक्रमितको खोजी तीव्र, संघ र प्रदेशबाट ३ टोली परिचालित

संक्रमितको खोजी तीव्र, संघ र प्रदेशबाट ३ टोली परिचालित

काठमाडौं । एउटै टोलमा संक्रमितको संख्या अत्यधिक देखिएपछि बाँकेको नेपालगन्जमा पोलिमरेज चेन रियाक्सन (पीसीआर)परीक्षणको दायरालाई विस्तार गरिएको छ। अन्य सम्भावित संक्रमितको खोजी कार्यलाई तीव्रता दिइएको छ। संक्रमितको खोजीका साथै ट्राभल हिस्ट्री लिनका लागि सहयोेग गर्न संघबाट दुई जनाको टोली परिचालन भएको छ। स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)का निर्देशक डा. वासुदेव पाण्डेका अनुसार सम्भावित संक्रमितको ट्रेसिङ र ट्राभल हिस्ट्रीलगायतमा संलग्न हुने गरी संघबाट दुई वटा टोली नेपालगन्ज गएको छ। उक्त टोली संक्रमण देखिएको स्थानीय बासिन्दाको घर-घरमा खटिएको छ। सीमावर्ती सहर नेपालगन्जमा हालसम्म १६ जना संक्रमित फेला परेका छन्। उनीहरूबाट अन्यमा पनि सरेको विज्ञहरूको आशंका छ। रोग निन्त्रण…
Read More
‘काेराेनाका कारण खेलाडी मैदान फर्कन डराइरहेका छन्’

‘काेराेनाका कारण खेलाडी मैदान फर्कन डराइरहेका छन्’

एजेन्सी। अधिकांश खेलाडीहरु कोरोना भाइरसको महामारी जारी नै रहेका बेला खेलमा फर्किन डराइरहेको म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जिया अग्युरोले बताएका छन्। कोरोना भाइरस संक्रमणपछि स्थगित लिगहरु सञ्चालन गर्नेबारेको छलफल शुरु भएपछि अग्युरोले खेलाडीमा अझै डर भएकाले मैदान फर्कन नचाहेको बताएका हुन् । इंग्लिस प्रिमियर लिग फुटबलका खेलहरु आउँदो जुन ८ देखि पुनः सुरु हुने अपेक्षा छ । त्यसका लागि खेलाडीहरु मे १८ सम्ममा पूर्ण प्रशिक्षणमा फर्किनु पर्ने हुन्छ । शीर्ष लिगका क्लबहरु बाँकी खेलहरु के गर्ने र सुरु गरे कहिलेदेखि सुरु गर्ने भन्ने बारे निर्णय गर्न शुक्रबार छलफलमा जुट्दै छन् । ३१ वर्षका अग्युरोले अर्जेन्टिनाको टेलिभिजनलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘अहिलेको…
Read More
मोड्रिचले युरो कप खेल्ने सुकरको विश्वास

मोड्रिचले युरो कप खेल्ने सुकरको विश्वास

जाग्रेब । क्रोएसियाका प्रभावशाली फुटबलर हुन्, लुका मोड्रिच। उनी हाल स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्छन्। उनी क्रोएसियन राष्ट्रिय टोलीका कप्तान पनि हुन्। सन् २०१८ मा रूसमा सम्पन्न फिफा विश्वकपमा क्रोएसियालाई फाइनलसम्म पुर्‍याउन पनि उनको निकै ठुलो योगदान थियो। विश्वकपको फाइनलमा क्रोएसिया बलियो प्रतिद्वन्द्वी फ्रान्ससँग पराजित भएको थियो। क्रोएसियालाई पहिलो पटक विश्वकपको फाइनलमा पुर्‍याउन गरेको योगदानका कारण नै मोड्रिचले उक्त विश्वकपमा सर्वोत्कृष्ट खेलाडीका रूपमा ‘गोल्डेन बल’ पुरस्कारसमेत पाएका थिए। त्यसअघि क्रोएसियालाई सन् २०१८ को विश्वकपमा छनोट गराउन पनि उनको महत्वपूर्ण योगदान रहेको थियो। छनोट प्रतियोगिताको दोस्रो चरणको खेलमा ग्रिसविरुद्ध उनले पेनाल्टीमा गोल गरेपछि नै क्रोएसिया अगाडिको यात्रा तय…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.