कोरोना महामारी: १७ नेपाली कैदीलाई कतारले दियो आममाफी

काठमाडौँ । कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै कतार सरकारले जेलमा रहेका १७ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ ।

कतारका राजा अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखी उनीहरुलाई आममाफी दिएको बताए।

विभिन्न कसुरमा कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिकहरुलाई आममाफी दिइ रिहाई गर्न लागिएको दोहास्थित नेपाली राजदूतावासले जनाएको छ ।

आममाफी पाएर रिहाइ हुनेमा १३ जना लागू औषध कारोवारजन्य, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेका नेपालीहरु रहेको दूतावासले जनाएको छ।

Facebook Comments