दोहोरो भिडन्तमा हिजबुल कमान्डर मारिए

एजेन्सी। भारतको पुल्वामा जिल्लाको दुई स्थानमा जारी भिड़न्तमा भारतीय सुरक्षाबलहरूले छ आतङ्कीलाई मारेको छ। पुलवामाको अवन्तीपोरा भिड़न्तमा हिजबुल कमाण्डर पनि मारिएका छन् ।
रियाज नायक हिजबुल कमाण्डर र बुरहान वानीको नजिकका साथी थिए । रियाज २०१० मा आतङ्की संगठन हिजबुल मुजाहिदीनमा सामेल भएका थिए । रियाज २०१० देखिनै भारतको मोस्ट वान्टेडको सुचीमा थिए । आतङ्की संगठनमा लाग्नु अघि रियाज एक निजी स्कूलमा अध्यापक थिए ।
कश्मिरका आईजीपी विजय कुमारले पनि आतङ्की रियाज नायक र उनका दुई साथी पुलवामा भिड़न्तमा मारिएको पुष्टि गरे। अर्कोतिर, पुलवामा जिल्लाकै शऱशाली खरयू क्षेत्रमा आतङ्कीहरू तथा सुरक्षाबलहरूबीच भएको भिड़न्तमा सुरक्षाबलहरूले अन्य तीन आतङ्कीलाई मारेको छ। मारिएका आतङ्कीहरूको पहिचान हुन सकेको छैन।
सुरक्षाबलहरूले आतङ्कीहरूको शवको साथ हतियार र गोला बारूद बरामद गरेको छ। यो भिड़न्त मंगलबार रातिदेखि नै जारी छ । पुलवामा जिल्लाको अवन्तीपोरा अन्तर्गत बेगीपोरा गाउँमा मंगलबार रियाज बिरामी आमालाई हेर्न आफ्ना दुई साथीको साथ आएका थिए ।
आतङ्की रियाज नायकको गाउँमा उपस्थितिबारे गुप्त सूचना पाएपछि रातीनै सेनाको ५५ आरआर, सीआरपीएफ तथा एसओजीको एक संयुक्त टीमले पूरा क्षेत्रको घेराउ गरेको थियो । बिहान हुनसाथ सुरक्षाबलहरू र आतङ्कीहरूबीच भिड़न्त शुरू भयो। यस अवधिमा सुरक्षाबलले आतङ्की रियाज लुकेको घर नस्ट गरेको थियो। भिड़न्तमा रियाज सहित उनका दुई साथी आतङ्की पनि मारिएको बताईएको छ ।
By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.