नेपाल सत्य

9638 Posts
एम्बुलेन्समार्फत् उपत्यका भित्रिने बढ्दै, भित्रिने ठाउँ खुला भएकाले रोक्न गाह्रो

एम्बुलेन्समार्फत् उपत्यका भित्रिने बढ्दै, भित्रिने ठाउँ खुला भएकाले रोक्न गाह्रो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बन्दाबन्दीको समयमा उपत्यकाबाट ठूलो संख्यामा मानिस बाहिरी रहँदा पछिल्लो पटक उपत्यका भित्रिने क्रमसमेत बढेको देखिएको छ । यसअघि उपत्यका छाडेर घर जानेको तथ्यांक कुनै निकायसँग छैन । तथ्यांकको अभावमा बन्दाबन्दीको समयमा उपत्यका बाहिरिएका नागरिक शक्तिको आड वा लुकिछिपी पुनः भित्रिन थालेका छन् । कतिपय नागरिक विभिन्न नाकाबाट बिरामीको बहानामा एम्बुलेन्समार्फत् उपत्यका भित्रिन थालेका हुन् । लुकिछिपी उपत्यकाभन्दा बाहिरबाट उपत्यका भित्रिन थालेकाले व्यक्तिसँगै कोरोना भाइरस पनि भित्रिन सक्ने खतरा बढ्दै गएको कतिपयको भनाइ छ । यद्यपि काठमाडौं उपत्यका अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित रहेको देखिएको छ । काठमाडौं सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी) का अनुसार कतिपय…
Read More
कानुनको पालना सबैले गर्नुपर्छ : चिनियाँ दूतावास

कानुनको पालना सबैले गर्नुपर्छ : चिनियाँ दूतावास

काठमाडौं । चिनियाँ दूतावासले सिंहदरबार अगाडि आफ्ना नागरिकको प्रदर्शनबारे नेपाल प्रहरीसँग सम्पर्कमा रहेर छलफल भइरहेको जनाएको छ । प्रहरीमाथि जाइलाग्ने ४ जनाविरुद्ध मुद्दा चलाउने तयारीपछि दूतावासले शुक्रबार राती पौने ११ बजे प्रेस विज्ञप्ति जारी गरी उक्त घटनाप्रति जानकार रहेको जनाएको हो । चिनियाँले नेपालको कानुन पालना गर्नुपर्ने पक्षमा चीन वकालत गर्ने विज्ञप्तिमा उल्लेख छ । उचित मागबारे भने नेपाल सरकारले ध्यान दिने भन्ने विश्वास लिएको जनाइएको छ । दूतावासले आफ्ना नागरिक अन्तर्राष्ट्रिय उडान लामो समय स्थगन हुँदा घर जान हतारिएको जनाएको छ । नेपालमा रहेका चिनियाँको संख्या ठूलो रहेकाले चार्टर्ड उडानमा जान नपाएकाहरू जाने प्रयत्नमा रहेका जनाइएको छ । चीनले…
Read More
आज (बैशाख २७) शनिवारको राशिफल

आज (बैशाख २७) शनिवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज स्वास्थ्यमा समस्या आउनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ, तर प्राविधिक कार्यमा भने सफलता मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज साथीभाईसंग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज विस्तारै वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । बेलुकीपख भने खर्च बढ्न सक्छ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आजको परिश्रमबाट पछि फाईदा मिल्नेछ । ठीक समयमा…
Read More
लिपुलेक हुँदै मानसरोवर जाने बाटाेकाे भारतीय रक्षामन्त्रीद्वारा उद्घाटन

लिपुलेक हुँदै मानसरोवर जाने बाटाेकाे भारतीय रक्षामन्त्रीद्वारा उद्घाटन

काठमाडौँ । भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ। उक्त सडकको शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका हुन् । सिंहले भारतको भारतको उतराखण्डको धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्गको भारतीय सेना प्रमुखसहित उपस्थित रहेको कार्यक्रममा उद्घाटन गरेका हुन् । सिंहले उक्त सडक निर्माण गरेकोमा भारतको बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) लाई धन्यवादसमेत दिएका छन् । सिंहले ट्वीट गर्दै बीआरओले सीमा जोड्नको लागि केही वर्षदेखि उत्कृष्ट काम गर्दै आएकोमा धन्यवाद समेत दिएका छन् । भारतले २०१९ को नोभेम्बरमा नयाँ राजनीतिक नक्सा जारी गर्दै नेपाली भूमि…
Read More
बस्नेत, श्रेष्ठ र खनालविरुद्ध अपहरणकाे उजुरी दर्ता

बस्नेत, श्रेष्ठ र खनालविरुद्ध अपहरणकाे उजुरी दर्ता

काठमाडौँ । नेपाल प्रहरीका पूर्व आइजीपी सर्वेन्द्र खनालसहित ४ जनाविरुद्ध काठमाडौं प्रहरीमा अपहरण तथा शरीर बन्धक अभियोगमा उजुरी दर्ता भएको छ । समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवको अपहरणमा संलग्न भएको अभियोगमा पूर्व आईजीपी खनालसहित सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा नवीन बस्नेतविरुद्ध शुक्रबार अपहरण कसुरमा उजुरी दर्ता भएको हो । यसैगरी अपहरण आरोपित चारैजनाले पीडित भनिएका सांसद यादवसहित पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र विश्वदीप पाण्डेविरुद्ध साईबर अपराध अभियोगमा दिएको उजुरी पनि परिसरमै मुद्दा दर्ता भएको छ । वैशाख १० गते राति महोत्तरीबाट पूर्वआइजीपी खनाल तथा सांसदद्वय बस्नेत र श्रेष्ठ तथा अर्का व्यक्ति नवीन बस्नेतले जबर्जस्ती यादवलाई काठमाडौं…
Read More
प्रहरीमाथि हातपात गर्ने ४ चिनियाँ नागरिक विरुद्ध मुद्दा

प्रहरीमाथि हातपात गर्ने ४ चिनियाँ नागरिक विरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौंको सिंहदरबार अगाडि शुक्रबार अपरान्ह ठुलो संख्यामा चिनियाँ नागरिकको हुल देखियो । करिब ३० भन्दा बढीकाे समुहमा रहेका चिनियाँ नागरिकलाई पछ्याउदैं गर्दा उनीहरु सिंहदरबार अगाडि पुगेर रोकिए । र त्यहाँ स्वदेश फिर्ता हुन पाउनु पर्ने माग गर्दै उनीहरू धर्नामा बसे। साेही क्रममा चिनियाँ नागरिक र प्रहरीबीच झडप समेत भएकाे छ । विना कुनै जानकारी लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्र राठौरका अनुसार, सिंहरदरबार अगाडि ४७ जना चिनियाँ नागरिक जम्मा भएका थिए । सुरक्षाकर्मी भिड तितरवितर पार्न पुगेपछि चिनियाँ नागरिकहरुले प्रहरीलाई ढुंगामुढा गरेको उनको…
Read More
मध्यरातमा चितवनमा प्रहरी र स्थानीयबीच झडप, दुई राउन्ड हवाईफायर

मध्यरातमा चितवनमा प्रहरी र स्थानीयबीच झडप, दुई राउन्ड हवाईफायर

काठमाडाैँ । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ५ मा शुक्रबार राती प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले दुई राउन्ड हवाईफायर गरेको छ । राप्ती नगरपालिका वर्डा नम्बर ५ स्थित चौकीडाँडामा गाँजा तस्करलाई प्रहरीले संरक्षण गरेको भन्दै आक्रोशित बनेका स्थानीयलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाईफायर गर्नुपरेको प्रहरीले जनाएको छ । यता, स्थानीयले भने प्रहरीकै मिलेमतोमा गाँजा ओसारपसार हुने गरेको आरोप लगाएका छन् । यस बारे विस्तृत विवरण आउन बाँकी रहेको छ । नेपालमा गाँजा प्रतिवन्ध भएपनि यसलाई खुल्ला गरिनुपर्छ भन्दै संसदमै आवाज उठ्न थालेको छ । नेकपाका सांसद अर्थात पूर्व मिस नेपाल श्रृंखला खतिवाडाका बाबु विरोध खतिवडाले यस विषयमा…
Read More
सलमानसँग फार्म हाउसमै थुनिइन् ज्याकलिन

सलमानसँग फार्म हाउसमै थुनिइन् ज्याकलिन

मुम्बइ। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज अहिले सलमान खानको पनवेलस्थित फार्महाउसमा सलमानसँगै छिन् । ज्याकलिन सलमानसँग उनको फार्महाउस गएकी थिइन् तर लकडाउनका कारण उनी त्यहीँ अड्किएकी हुन । उनीहरूले केही समय एकसाथ भएको खबर लुकाउन चाहिरहेका थिए । तर, पछि दुवैले एक अर्काको तस्वीर सेयर गर्दै एकसाथ रहेको जानकारी फ्यानहरूलाई दिएका थिए। अहिले उनले सलमानँग आफ्नो दिन कसरी बितिरहेका छन् भनेर सामाजिक संजालबाट ब्यक्त गरेकी छिन् । ज्याकलिनले सेयर गरेको एक तस्वीरमा सलमानले जिम गरिरहेको देखिन्छ। ज्याकलिन सलमानको जिम गरेको तस्वीर सेयर गर्दै लेख्छिन्–‘यो उपहार हो या मेहनतको फल। मलाई लाग्छ सलमान हरेक दिनका लागि आभारी छन् । भगवानले आज उनलाई…
Read More
सिंहदरबार अघि प्रहरीमाथि नै जाइलागे चिनियाँ नागरिक (भिडियोसहित)

सिंहदरबार अघि प्रहरीमाथि नै जाइलागे चिनियाँ नागरिक (भिडियोसहित)

काठमाडौं । कोरोनाका कारण देशमा लकडाउन जारी रहेको समयमा शुक्रबार अपराह्न सिंहदरबारमा झडप भयो । घर फर्कन माग गर्दै असनमा सिंहदरबारको मुख्य गेट अगाडि बसेका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको हो । घर फिर्ताको माग गर्दै धर्ना दिएका उनीहरु सिंहदरबार भित्र प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । २५/३० जनाको संख्यामा रहेका चिनियाँहरु सिंहदरबार भित्र प्रवेश गर्न खोजेपछि झडप भएको थियो । चिनियाँहरु भित्र पस्न खोजे, त्यसपछि केही बल प्रयोग गरिएको हो’, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले खबरहबसँग भने । झडपमा परि केही चिनियाँ नागरिक र नेपाल प्रहरीका डीएसपीसमेत घाइते भएका छन् । चिनियाँले…
Read More
बजार क्षेत्रमा पैसा फालेर झापातर्फ लाग्यो बोलेरो

बजार क्षेत्रमा पैसा फालेर झापातर्फ लाग्यो बोलेरो

मोरङ - मोरङको विराटचोकमा शुक्रबार दिउँसो एक बोलेरो जीपमा आएका व्यक्तिले विराटचोक बजार क्षेत्रमा १० र २० को नोट फालेर भागेका छन । कोरोना संक्रमणको महामारीमा पैसाबाट पनि भाइरस सर्ने चर्चा चलिरहेको समयमा यसरी सडकमानै बोलेरोका झ्यालबाट पैसा फाल्दै गएपछि स्थानीय त्रसित समेत बनेका छन । सडकमा पैसा फालेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । बोलेरोमा रहेका व्यक्तिले सडकमा पैसा फालेर बोलेरो झापातर्फ हुइकिएको बताइएको छ । बोलेरो कहाँ बाट आएको थियो किन सडकमा पैसा फालियो भन्ने बारे हाल सम्म केहि खुलेको छैन ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.