सलमानसँग फार्म हाउसमै थुनिइन् ज्याकलिन

मुम्बइ। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज अहिले सलमान खानको पनवेलस्थित फार्महाउसमा सलमानसँगै छिन् । ज्याकलिन सलमानसँग उनको फार्महाउस गएकी थिइन् तर लकडाउनका कारण उनी त्यहीँ अड्किएकी हुन ।

उनीहरूले केही समय एकसाथ भएको खबर लुकाउन चाहिरहेका थिए । तर, पछि दुवैले एक अर्काको तस्वीर सेयर गर्दै एकसाथ रहेको जानकारी फ्यानहरूलाई दिएका थिए। अहिले उनले सलमानँग आफ्नो दिन कसरी बितिरहेका छन् भनेर सामाजिक संजालबाट ब्यक्त गरेकी छिन् ।

ज्याकलिनले सेयर गरेको एक तस्वीरमा सलमानले जिम गरिरहेको देखिन्छ। ज्याकलिन सलमानको जिम गरेको तस्वीर सेयर गर्दै लेख्छिन्–‘यो उपहार हो या मेहनतको फल। मलाई लाग्छ सलमान हरेक दिनका लागि आभारी छन् । भगवानले आज उनलाई जुन स्थान दिएका छन् यसलाई उनी निकै नै इज्जत गर्छन् । सलमान खान फ्यानका लागि अझै थुप्रै सरप्राइज लिएर आउँदैछन्। तपाईहरू सुरक्षित रहनुहोला ।’

बाम्बे टाइम्ससँग कुरा गर्दै ज्याकलिनले भनिन् ‘फार्ममा मैले घोडा सवारी गरें । पौडी खेलें । आफूलाई फिट राख्नको लागि योगा गरिरहेकी छु । प्रकृतिको बीचमा यति राम्रो कहिल्यै लागेको थिएन ।’

लकडाउनमा ज्याकलिन नजिकका साथीहरुसँग छिन् तर मातापितालाई मिस गरिरहेको बताएकी छिन् । ज्याकलिनले भनिन् ‘यसअघि उहाँहरुसँग धेरै टचमा हुँदिनथें । तर अहिले म भर्चुअल रुपमा उहाँहरुसँग समय बिताइरहेकी छु ।’

Facebook Comments