काठमाडौँ । काठमाडौंको सिंहदरबार अगाडि शुक्रबार अपरान्ह ठुलो संख्यामा चिनियाँ नागरिकको हुल देखियो । करिब ३० भन्दा बढीकाे समुहमा रहेका चिनियाँ नागरिकलाई पछ्याउदैं गर्दा उनीहरु सिंहदरबार अगाडि पुगेर रोकिए । र त्यहाँ स्वदेश फिर्ता हुन पाउनु पर्ने माग गर्दै उनीहरू धर्नामा बसे।
साेही क्रममा चिनियाँ नागरिक र प्रहरीबीच झडप समेत भएकाे छ । विना कुनै जानकारी लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्र राठौरका अनुसार, सिंहरदरबार अगाडि ४७ जना चिनियाँ नागरिक जम्मा भएका थिए । सुरक्षाकर्मी भिड तितरवितर पार्न पुगेपछि चिनियाँ नागरिकहरुले प्रहरीलाई ढुंगामुढा गरेको उनको भनाइ छ ।
प्रहरीमाथि हातपात तथा ढुंगामुढा गरकाे अभियाेगमा पक्राउ परेका मध्ये ४ जना चिनियाँ नागरिकविरूद्द अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ । त्यसक्रममा उनीहरुले डीएसपी हरीबहादुर बस्नेतसहित प्रहरीमाथि हातपात गरेका थिए । हातपात गर्ने ४ जनालाई मुलुकी अपराध संहिता ऐन २०७४को अभद्र व्यवहार कसुरमा मुद्दा चलाएर बाँकी लाई रिहा गर्न लागिएको काठमाडौं प्रहरीका एसपी राठौरले बताए ।
नेपालीस्थित चिनियाँ दूतावासले पनि प्रदर्शनमा उत्रिका आफ्नाे नागरिकमाथि कानूनी कारबाही गर्न प्रहरीलाई अनुरोध गरेको थियो । एसपी राठौरले हातपात गर्नेमाथि कानूनी कारबाही गर्न दूतावासका अधिकारीले पनि अनुरोध गरेको बताए ।प्रदर्शनमा उत्रिएका ४३ चिनियाँलाई रिहा गर्न अहिले प्रहरीमा विवरण रुजु हुने काम भइरहेको छ । बाँकी ४ जनालाई महानगरी प्रहरी परिसर सिंहदरबारको हिरासतमा पठाइउन लागिएको एसपी राठौरले बताए ।
Facebook Comments