बजार क्षेत्रमा पैसा फालेर झापातर्फ लाग्यो बोलेरो

मोरङ – मोरङको विराटचोकमा शुक्रबार दिउँसो एक बोलेरो जीपमा आएका व्यक्तिले विराटचोक बजार क्षेत्रमा १० र २० को नोट फालेर भागेका छन ।

कोरोना संक्रमणको महामारीमा पैसाबाट पनि भाइरस सर्ने चर्चा चलिरहेको समयमा यसरी सडकमानै बोलेरोका झ्यालबाट पैसा फाल्दै गएपछि स्थानीय त्रसित समेत बनेका छन ।

सडकमा पैसा फालेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । बोलेरोमा रहेका व्यक्तिले सडकमा पैसा फालेर बोलेरो झापातर्फ हुइकिएको बताइएको छ ।

बोलेरो कहाँ बाट आएको थियो किन सडकमा पैसा फालियो भन्ने बारे हाल सम्म केहि खुलेको छैन ।

Facebook Comments