के करिअरमा परिवर्तन खोज्दैछिन् साम्राज्ञी ?
काठमाडाैँ। नेपाली चलचित्रकी सुन्दरी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको करिअर विगत २ वर्षदेखि ठिकठाक चलिरहेको छैन । करिअरको सुरुवातदेखि नै चर्चाको उचाइमा रहेकी नायिका पछिल्लो २ वर्ष भने चलचित्रका कारण भन्दा विभिन्न विवादले चर्चामा रहिन् । यस बीचमा उनका केही विवादित तस्वीर र बयानहरु सार्वजनिक भएका थिए । यसको असर उनले काम गरेका चलचित्रमा पनि पर्यो । तर, सामाज्ञी अब भने करिअरमा परिवर्तन खोजिरहेकी छिन् । केही समय अगाडि शुभचिन्तकहरुसँग कुरा गर्दै उनले अब आफूले वर्षमा धेरै चलचित्रमा काम गर्ने बताएकी थिइन् । उनले मनपर्ने कथामा अफर आएको खण्डमा मात्र आफूले चलचित्रमा काम गर्ने बताएकी थिइन् । अब हचुवामा चलचित्रमा काम…
