काठमाडौं : पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्न सरकारसँग माग गरेका छन् । संघीय संसदको बजेट अधिवेसनमा बोल्दै उनले शुक्रबार यस्तो बताएका हुन् ।
माध्यमिक शिक्षाको अधिकार स्थानीय तहमा गइसकेको तथा माध्यमिक शिक्षाको अन्तिम खुड्किलो कक्षा १२ को परीक्षा भएकोले केन्द्रबाट नियन्त्रण गरेर यो परीक्षा सञ्चालन गर्नुको औचित्य नभएको उनले बताए ।
कोभिड १९ को संक्रमण त्रासका कारण अहिले एसईई रोकिएको छ । तर विद्यार्थीहरुमा परीक्षाको कारण मानसिक तनाव दिएको उनले बताए । औचित्य नरहेको परीक्षा सञ्चालन गर्नुको अर्थ नरहेको उनको भनाइ थियो ।
कोभिड १९ को त्रासमा रहेका विद्यार्थीलाई लकडाउन खुल्ने बित्तिकै परीक्षा हुन्छ भन्दै वर्तमान शिक्षामन्त्रीले भाषणा गरेर थप त्रास सिर्जना गरेको उनले आरोप लगाए । कोभिड १९ को त्रासका कारण स्थगित भएपछि पछिल्लो समय एसईई आन्तरिक मूल्यांकन गरेर सञ्चालन गर्ने किन नगर्ने भन्दै यस क्षेत्रका जानकारहरुबीच पक्ष र विपक्षमा वहस सुरु भएको छ ।
Facebook Comments