नेपाल सत्य

9638 Posts
नेपालमा कोरोना निको हुने दर घटेकोप्रति विज्ञको चिन्ता

नेपालमा कोरोना निको हुने दर घटेकोप्रति विज्ञको चिन्ता

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हालसम्म कसैको मृत्यु नभए पनि निको हुने दर पनि बढ्न सकेको छैन । चिकित्सकहरूका अनुसार कोरोना संक्रमितमा कुनै प्रकारको उपचार गर्नुपर्ने अवस्थासमेत आएको छैन । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार रातिसम्म मुलुकभर ११० जना संक्रमित देखिएकोमा ३१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । ‘संक्रमण बढ्दै गएर सय नाघिसकेको छ तर भगवान् भरोसा नै भनौं कसैको मृत्यु भएको छैन,’ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसी भन्छन्, ‘हामीकहाँ २८ प्रतिशत मात्र बिरामी निको भएका छन्, यो धेरै कम हो । यसलाई न्यूनतम ५० प्रतिशतसम्म पुर्‍याउनुपर्छ ।’ दिनहुँ नयाँ संक्रमित थपिने र उपचाररत संक्रमितहरू लामो समयसम्म अस्पताल…
Read More
प्रहरीमाथि ढुङ्गामुढा गरेपछि हवाईफायर, दुई घाइते

प्रहरीमाथि ढुङ्गामुढा गरेपछि हवाईफायर, दुई घाइते

दैलेख- दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ मा स्थानीयवासीले डुङ्गामुढा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गरेको छ । ढुङ्गामुढासहित प्रहरी र स्थानीयवासीबीच शनिबार साँझ करिब ७ बजेतिर झडप हुँदा एक प्रहरी जवान खगेन्द्र सुनार र स्थानीय कमल शाही घाइते भएको प्रहरीले जनाएको छ । सालटाकुरा नाव–साल्टाडाँडा सडक निर्माणका क्रममा लकडाउनको उल्लङ्घन गरी ५०/६० स्थानीयवासी जम्मा भएको जानकारी पाएपछि प्रहरी सो ठाउँमा पुगेको थियो । प्रहरी पुगेपछि एक्कासि प्रहरीमाथि स्थानीयवासीद्वारा आक्रमण भएपछि बाध्य भएर भीड नियन्त्रणमा लिन जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरिबहादुर ओलीले जानकारी दिए । ‘लकडाउन उल्लङ्घन गरी सडक खन्ने क्रममा विवाद…
Read More
चीनमा जिउँदै गाडिएकी महिलाको तीन दिनपछि उद्धार !

चीनमा जिउँदै गाडिएकी महिलाको तीन दिनपछि उद्धार !

बेइजिङ । उत्तरी चीनमा गाडिएको तीन दिन पछि एक महिलाको जीवितै उद्धार गरिएको छ । प्यारालाइसिस पीडित आफ्नै आमालाई छोराले जिउँदै गाडेका थिए । समाचार एजेन्सी एपीको रिपोर्ट अनुसार आरोपीले आफ्नी आमालाई जिउँदै चिहानमा गाडेका थिए । यद्यपि ती महिलालाई पछि नराम्ररी डराएको अवस्थामा जीवित उद्धार गरिएको जनाइएको छ । प्रहरीले आमालाई गाड्ने छोरालाई नियन्त्रणमा लिएर उनीविरुद्ध हत्या प्रयासको मुद्दा दर्ता गरेको छ । आरोपीकी पत्नीका अनुसार उनका पतिले २ मेका दिन आमालाई ह्वीलचेयरमा लिएर घरबाट निस्केका थिए । तीन दिनसम्म आमा नफर्किएपछि पुलिसलाई खबर गरिएको थियो । घटना शांक्सी प्रान्तको जिंगबियान काउन्टीको हो । पुलिसले ५८ वर्षका आरोपीको पहिचान…
Read More
डिएसपीमाथि मुक्का हान्ने चिनियाँ भिभो मोबाइल कम्पनीका कन्ट्री म्यानेजर

डिएसपीमाथि मुक्का हान्ने चिनियाँ भिभो मोबाइल कम्पनीका कन्ट्री म्यानेजर

काठमाडौं । लकडाउन उलंघन गर्दै देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मूलगेट अगाडि आफ्नो देश फर्कन पाउनुपर्ने भन्दै प्रदर्शनका क्रममा प्रहरीमाथि कुटपिट गर्दा पक्राउ परेका चिनियाँहरुमध्ये एकजना नेपालस्थित भिभो मोबाइलका ‘कन्ट्री म्यानेजर’ रहेको खुलेको छ । गेभिन नाम गरेका ती ब्यक्तिसहित करिब ५० जना चिनियाँ नागरिकले निषेधित क्षेत्र घोषित सिंहदरबार अगाडि धर्ना दिँदै प्रहरीमाथि आक्रमण गरेका थिए । चिनियाँ कम्पनी भिभो मोबाइलका ‘कन्ट्री म्यानेजर’ गेभिनसहित चार चिनियाँ नागरिक लकडाउनको समयमा प्रर्दशन गर्ने कम्रमा पक्राउ परेका परेका छन् । उनले सिंहदरबार गेटअगाडि एकजना प्रहरी नायव निरीक्षकको बर्दीमा समातेर तानेका थिए भने अन्य प्रहरीमाथि पनि जाइ लागेका थिए। सिंहदरबार अगाडि डिएसपी हरिबहादुर बस्‍नेतसहितलाई…
Read More
सडक हामी आफ्नै भूमिमा बनाएका छौं: भारत (विज्ञप्तिसहित)

सडक हामी आफ्नै भूमिमा बनाएका छौं: भारत (विज्ञप्तिसहित)

काठमाडौं । भारतले तिब्बतको मानसरोबर जोड्न बनाइएको सडक आफ्नै भूमिमा बनाएको बताएकाे छ। नेपालले नेपाली भूमि लिपुलेक हुँदै सडक निर्माण गरेको भन्दै चासो जनाएपछि भारतले एक विज्ञप्ति निकाली उक्त सडक आफ्नै भूमिमै बनाएको बताएकाे हाे। भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएर उद्घाटन गरेपछि नेपाल सरकारले आपत्ति जनाएको थियो । भारतीय विदेश मन्त्रालयले शनिबार साँझ विज्ञप्ति निकाल्दै सडक भारतीय क्षेत्रमा नै बनेको बताएकाे छ। ‘यो सडकले कैलाश मानसरोवर यात्राका तीर्थयात्रीहरुले प्रयोग गर्ने पहिलाकै बाटो पछ्याइएको छ’ वक्तव्य भनेको छ । नेपाल र भारतको सीमा विवाद समाधान गर्न संयन्त्र बनेको भन्दै उसले कूटनीतिक सम्वादबाट समस्या समाधान गर्न प्रतिबद्ध रहेको…
Read More
उदयपुरमा एकैदिन चार महिलामा कोरोना देखियो, संक्रमितको संख्या ११० पुग्यो

उदयपुरमा एकैदिन चार महिलामा कोरोना देखियो, संक्रमितको संख्या ११० पुग्यो

काठमाडौं । उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो। आजै बिहान भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो। उनीहरूलाई विराटनगरको कोसी अस्पताल भर्ना गरिएको छ। योसँगै उदयपुरमा एकैदिन चार महिलामा कोरोनाको संक्रमण देखिएको छ। आज थपिएकी संक्रमितलाई भने भोलि अस्पताल पठाउने जिल्ला स्वास्थ्य कार्यालयले तयारी गरेको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ।
Read More
प्रधानमन्त्रीले नेकपाका सांसदलाई पठाए यस्ताे पत्र

प्रधानमन्त्रीले नेकपाका सांसदलाई पठाए यस्ताे पत्र

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु भएको संसद्को छैटौं अधिवेशन सफल पार्न आफ्ना सबै सांसदलाई पत्रमार्फत निर्देशन दिएका छन् । उनले नेकपाका सबै सांसदलाई पत्र लेख्दै संसद् बैठकमा सक्रिय, समझदारीपूर्ण र एकताबद्ध प्रयाससहित अघि बढ्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक बस्न नसकेपछि लिखित पत्रमार्फत सांसदलाई यस्तो निर्देशन दिएका हुन् । नेकपा सांसदलाई दिइएको निर्देशनमा संसद् बैठकमा पार्टीको एकता र विषयगत एकरूपता स्पष्ट रूपमा देखिनुपर्ने भनिएको छ । ‘संसद्का दुवै सदनका बैठक छोटो, छरितो र मर्यादित एवं विषय केन्द्रित हुनुपर्ने र संसद्मा हाम्रो दलको एकता र विषयगत एकरूपता स्पष्ट…
Read More
‘डिनर’ भन्दै अनैतिक सम्बन्धको प्रस्ताव राख्थे : अभिनेत्री शर्लिन

‘डिनर’ भन्दै अनैतिक सम्बन्धको प्रस्ताव राख्थे : अभिनेत्री शर्लिन

एजेन्सी । फिल्म उद्योगमा ‘कास्टिङ काउच’ को घटना बाहिर आइरहन्छन् । हालै बलिउडकी अभिनेत्री चित्रांगदा सिंह र अभिनेता आयुष्मान खुराना समेत यसको शिकार भएको समाचार बाहिरिएको छ । यसैबीच, बलिउड अभिनेत्री तथा मोडल शर्लिन चोपडाले कास्टिङ काउचको अनुभवको बारेमा बताएकी छिन् । उनले आफ्नो करियरको शुरुवाती दिनहरुका बारेमा बताउँदै काउस्टिङ काउचको शिकार भएको खुलासा गरेकी हुन् । उनले करियरको शुरुवातमा फिल्म निर्माताहरुले खाना खाने बाहानामा बुलाउने बताएकी छिन् । उनले कास्टिङ काउचलाई ‘डिनर’ नामको कोर्ड दिइन्थ्यो । म उनीहरुलाई कामको लागि आग्रह गर्थें । उनीहरु मलाई डिनरमा भेट्ने आश्वासन दिन्थे । उनीहरु रातको ११/१२ बजेतिर डिनरको लागि बोलाउँथे ।’ शर्लिनले…
Read More
पूजाको दर्शक फकाउने यस्ताे काइदा!

पूजाको दर्शक फकाउने यस्ताे काइदा!

फिल्म खेलेर भन्दा बेढंगे गफ लडाएर चर्चामा आएकी नायिका पूजा शर्मा केही समयअगाडि आफूले लेखेको स्टाटसका कारण आलोचित बनेकी थिइन्। उनले ‘म यस्तो गीत गाउँछु २’को ट्रेलर हिन्दी फिल्म ‘आशिकी २’सँग मेल नखाएको प्रतिक्रिया दिएकी थिइन्। सो प्रतिक्रियालगत्तै उनलाई प्रशंसकहरुले खेदो नै खने। यसबाट आजित भएकी पूजाले आफू चुपचाप बस्ने संकेत सहितको तस्बिर र स्टाटस पोस्ट्याइन्। यतिबेला ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन मिति सारिएको छ। कहिले प्रदर्शनमा आउने हो पत्तो छैन। अहिले भने फिल्म पछि सार्नुको कारणमा दर्शकप्रतिको अघोरै माया बताएकी छन्। उनले दर्शकलाई भगवान्को दर्जा दिँदै कोरोना आतंकका बेला तिनलाई फिल्म हेराएर स्वास्थ्य जोखिममा नपार्ने बुद्धिमतापूर्ण निर्णय लिएको…
Read More
कोरोनाको औषधि नेपालमै भेटियाे, यसरी सेवन गर्न सुझाव

कोरोनाको औषधि नेपालमै भेटियाे, यसरी सेवन गर्न सुझाव

काठमाडौं। संसारलाई आक्रान्त पारेको कोरोना भाइरस (कोभिड–१९)को औषधि नेपालमै रहेको दाबी होमियोप्याथिक चिकित्कसहरूले गरेका छन् । ती औषधिलाई नेपाल सरकारसँग सहमति लिई ठाउँठाउँमा निःशुल्क वितरणसमेत थालेको उनीहरूले बताएका छन् । ‘आर्सेनिकम एल्बम ३० सी’ को होमियोप्याथिक औषधि दुई गोली बिहान खाली पेट तीन दिनसम्म लगातार र त्यसपछि प्रत्येक हप्ता दुई दुई गोली आवश्यकताअनुसार महामारी नियन्त्रण नहुँदासम्म सेवन गर्दा कोभिड–१९ बाट बच्न सकिने दाबी उनीहरूको छ । साथै सोही औषधिसहित अन्य केही थप होमियोप्याथिक औषधिबाट उपचारसमेत गर्न सकिने उनीहरूले बताएका छन् । औषधि वितरणका लागि उनीहरूले कोभिड–१९ महामारी रोगविरुद्ध होमियोप्याथिक समूह गठन गरेका छन् । आफूहरूको सम्पर्कमा आएका नेपाली नागरिकलाई निःशुल्क…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.