पूजाको दर्शक फकाउने यस्ताे काइदा!

फिल्म खेलेर भन्दा बेढंगे गफ लडाएर चर्चामा आएकी नायिका पूजा शर्मा केही समयअगाडि आफूले लेखेको स्टाटसका कारण आलोचित बनेकी थिइन्।

उनले ‘म यस्तो गीत गाउँछु २’को ट्रेलर हिन्दी फिल्म ‘आशिकी २’सँग मेल नखाएको प्रतिक्रिया दिएकी थिइन्। सो प्रतिक्रियालगत्तै उनलाई प्रशंसकहरुले खेदो नै खने। यसबाट आजित भएकी पूजाले आफू चुपचाप बस्ने संकेत सहितको तस्बिर र स्टाटस पोस्ट्याइन्।

यतिबेला ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन मिति सारिएको छ। कहिले प्रदर्शनमा आउने हो पत्तो छैन। अहिले भने फिल्म पछि सार्नुको कारणमा दर्शकप्रतिको अघोरै माया बताएकी छन्। उनले दर्शकलाई भगवान्को दर्जा दिँदै कोरोना आतंकका बेला तिनलाई फिल्म हेराएर स्वास्थ्य जोखिममा नपार्ने बुद्धिमतापूर्ण निर्णय लिएको बताएकी छन्।

अब स्टाटसमा दर्शकलाई भगवान् नै बनाएपछि दर्शक पनि दंग ! सम्भावित फ्लप हुनबाट जोगिन पाएकामा उनी पनि दंग !

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.