कोरोनाको औषधि नेपालमै भेटियाे, यसरी सेवन गर्न सुझाव

काठमाडौं। संसारलाई आक्रान्त पारेको कोरोना भाइरस (कोभिड–१९)को औषधि नेपालमै रहेको दाबी होमियोप्याथिक चिकित्कसहरूले गरेका छन् । ती औषधिलाई नेपाल सरकारसँग सहमति लिई ठाउँठाउँमा निःशुल्क वितरणसमेत थालेको उनीहरूले बताएका छन् ।

‘आर्सेनिकम एल्बम ३० सी’ को होमियोप्याथिक औषधि दुई गोली बिहान खाली पेट तीन दिनसम्म लगातार र त्यसपछि प्रत्येक हप्ता दुई दुई गोली आवश्यकताअनुसार महामारी नियन्त्रण नहुँदासम्म सेवन गर्दा कोभिड–१९ बाट बच्न सकिने दाबी उनीहरूको छ । साथै सोही औषधिसहित अन्य केही थप होमियोप्याथिक औषधिबाट उपचारसमेत गर्न सकिने उनीहरूले बताएका छन् ।

औषधि वितरणका लागि उनीहरूले कोभिड–१९ महामारी रोगविरुद्ध होमियोप्याथिक समूह गठन गरेका छन् । आफूहरूको सम्पर्कमा आएका नेपाली नागरिकलाई निःशुल्क औषधि वितरण थालेको सो समूहले जनाएको छ । अहिलेसम्म दुई लाख डोज औषधि वितरण गरिसकेको र १५ लाख डोज तयार पार्न आफूहरू लागिपरेको उनीहरूले बताएका छन् ।

कोभिड–१९ महामारीविरुद्ध होमियोप्याथिक समूह गठनका संयोजनकर्ता होमियोप्याथिक चिकित्सक डा। बलराम किसीले रोकथाम र उपचार दुवैमा यो औषधि प्रयोग गर्न सकिने जनाए ।

डा. किसीका अनुसार पहिलो चरणमा लगालग तीन दिन बिहान खाली पेटमा दैनिक दुई दुई गोली जिब्रोमुनि राखी चपाएर खानुपर्छ । त्यसपछि हप्तामा एकपटक सोही औषधि एक पटकमा दुई/दुई गोली यसरी नै जिब्रोमुनि राखेर खाली पेटमा तीन हप्तासम्म खानुपर्छ । उनका अनुसार यसले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्छ ।

यसबारे आफूहरूले नेपाल सरकारलाई जानकारी दिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागबाट दिशानिर्देशन(गाइडलाइन) तयार पारेको र वैशाख १० गते प्राटोकलसमेत बनेको जानकारी उनीहरूले गराए । यसैअनुसार आफूहरूको सम्पर्कमा आएका व्यक्तिलाई निःशुल्क औषधि वितरण गरी खुवाउन सुरु गरिसकेको उनीहरूले जनाए ।

उनीहरूका अनुसार विश्वका विभिन्न देशलगायत छिमेकी मुलुक भारतमा आयुस मन्त्रालयको पहलमा कोभिड–१९ महामारीविरुद्ध यो उपचार पद्धतिको राम्रो परिणाम देखिएको छ । यही परिणामलाई ध्यान दिई नेपालमा पनि औषधि बिक्री–वितरण गरी खुवाउन थालिएको उनीहरूले जनाए ।

औषधिको माग अत्यधिक रहेका कारण साधारण आयुर्वेद पसलमा यो औषधि अभाव रहेको उनीहरूले जनाए । पशुपति होमियोप्याथिक अस्पताल हरिहर भवन पाटन, अखिल नेपाल होमियोप्याथिक एसोसिएसन काठमाडौं, भक्तपुर होमियोप्याथिक मेडिकल कलेज भक्तपुर, होमियोप्याथी फाउन्डेसन नेपाल भक्तपुर, नेपाल होमियोप्याथिक चिकित्सक संघ विराटनगर, एसियन होमियोप्याथिक मेडिकल लिग काठमाडौं र नेपाल होमियोप्याथिक हेल्थ अर्गनाइजेसन भक्तपुरबाट यी औषधिहरू निःशुल्क वितरण भइरहेको जनाइएको छ,नागरिक दैनिकमा समाचार छ ।

ताजा अपडेट

४ मन्त्रीलाई थप मन्त्रालयको जिम्मेवारी दिइयो, कसको जिम्मामा कुन मन्त्रालय ? (विज्ञप्तिसहित)

काठमाडौं । सर्वोच्च अदालतले संविधान विपरित मन्त्रिपरिषद् विस्तार गरेको ठहर गर्दै १८ मन्त्री तथा राज्यमन्त्रीलाई पदमुक्त गरिदिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीविहीन बनेको मन्त्रालयमा जिम्मेवारी...

समर्थकले रोनाल्डोलाई कोकको बोतलले हानेपछि….

एजेन्सी । पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो निकै फर्ममा देखिएका छन् । उनले जारी युरो कपका समूह चरणका तीनवटै खेलमा गोल गरे । फ्रान्स विरुद्धको...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार...

पछिल्लो २४ घण्टामा कति जना संक्रमित निको भए?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५१८ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९० दशमलब ७ प्रतिशत रहेको...

पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनालाई कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार...

‘आरोपितलाई छुटाउन जाने मन्त्री पदमा बस्न अयोग्य’

काठमाडौं । विवेकशील साझा पार्टीले जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई रिहा गराउन मन्त्री आफैं प्रहरी कार्यालय पुगेकामा आपत्ति...

मन्त्रीहरुको जिम्मेवारी हेरफेर, गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री विष्णु पौडेललाई...

चुनावको घोषणा गर्नु ओलीको अहंकार मात्रै : माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कुर्सीका लागि नभई देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनुपर्ने बेला भएकाले सवैको...

चीनको क्रिप्टोकरेन्सी आक्रमणले विदेशिँदै कम्पनीहरु

बेइजिंग । बिटकोइन माइनरहरुले बेइजिंगको नयाँ क्रिप्टोकरेन्सी आक्रमणले चीनबाहिर काम गर्न खोजीरहेका छन् । विश्वको बिट्कोइन माइनिंगमध्ये दुई तिहाइ रहेको चीनमा पछिल्लो समय भने...

चर्चित